कांग्रेस महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइन्छः विश्वप्रकाश शर्मा

१५ मंसिर ७८, बिहीबार

१६ मंसिर, काठमाडौँ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसमा नेतृत्वको आलोचना र विरोध गर्न पाइने बताएका छन् ।

उनले पार्टीको १४ औं महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिने पनि बताएका छन् । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनप्रति लक्षित गर्दै प्रवक्ता शर्माले भने, ‘हाम्रो महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइन्छ । आफ्नो पर्चा र पम्प्लेट वितरण गर्न पाइन्छ ।’

बिहीबार बिहान ललितपुरमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता शर्माले सो कुरा बताएका हुन् । प्रवक्ता शर्माका अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार महाधिवेशनको लोगो सार्वजनिक गर्नेछन् ।

महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न २९ वटा मतपत्र प्रयोग हुने र एकजना मतदातालाई भोट खसाल्न कम्तिमा ४५ मिनेटदेखि एक घण्टासम्म समय लाग्ने अनुमान गरिएको उनले बताए ।

‘उत्साह, एकता, रुपान्तरणः सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसको केन्द्रीय महाधिवेशन यही मंसिर २४ गते काठमाडौंमा उदघाटन हुने छ ।

२५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top