डब्लूटीएद्वारा चीनका सबै टेनिस प्रतियोगितामा प्रतिबन्ध

१६ मंसिर ७८, बिहीबार
Share this
756shares

१६ मंसिर, एजेन्सी ।
महिला टेनिसको अन्तर्राष्ट्रिय सर्वोच्च निकाय वुमन्स टेनिस एसोसिएसन(डब्लूटीए)ले चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध लगाएको छ।

Advertisement

चीनका पूर्व उपप्रधानमन्त्री झाङ गावोलीमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी पेङ सुआई त्यसयता सार्वजनिकरुपमा नदेखिएपछि डब्लूटीएसहित विश्वका चर्चित खेलाडीहरुले उनको जीवन रक्षा र घटनाको छानबिनको माग गर्दै आएका थिए।

तर सम्बद्ध निकाय आफ्ना मागप्रति उदासीन रहेको भन्दै प्रतिबन्ध लगाउनु परेको डब्लूटीएले जनाएको छ। ३५ वर्षीया पेङ तीन सातायता सार्वजनिक रुपमा देखिएकै छैनन्। उनी सम्पर्कबाहिर रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्।

Advertisement

डब्लूटीए प्रमुख स्टिभ सिमोनले पेङ स्वतन्त र सुरक्षित रहेकोमा आशंका बढेको बताएका छन्। ‘ हाम्रा खेलाडीहरुले त्यहाँ(चीन)मा कसरी प्रतिस्पर्धा गर्न सक्छन् ?’, प्रतिबन्धको निर्णय सुनाउँदै स्टिभले भनेका छन्।

डब्लूटीएले कोरोना महामारीका कारण दुई वर्षयता चीनमा कुनै अन्तर्राष्ट्रय प्रतियोगिता आयोजना गरेको छैन। सन् २०१९ मा डब्लूटीएले चीनमा डब्लूटीए फाइनल्ससहित ९ वटा प्रतियोगिता आयोजना गरेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top