मुस्ताङ प्रवेश गर्न पीसीआर नेगेटिभ रिपोर्ट र पूर्ण खोप अनिवार्य

१५ मंसिर ७८, बिहीबार

१६ मंसिर, मुस्ताङ ।
मुस्ताङ जिल्ला प्रवेश गर्न पीसीआर नेगेटिभ रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ ।

Advertisement

कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेसँगै जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले यो निर्णय गरेको हो ।

निर्णयअनुसार अब मुस्ताङमा स्थायी बसोबास गर्ने व्यक्ति र पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीबाहेक ७ दिन भित्रको पीसीआर नेगेटिभ रिपोर्ट नभएका विदेशी नागरिक तथा तथा ७ दिन भित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप कार्ड वा ७२ घण्टा भित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्ति मुस्ताङ जान पाउने छैनन् ।

Advertisement

यस्तै, सार्वजनिक ठाउँ, मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजारलगायतका भीडभाड हुने खालका कार्यक्रम नगर्न पनि आदेश दिएको छ । त्यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका अनिवार्य कार्य गर्नु परेमा भने २५ जनाभन्दा धेरै भेला हुन नपाउने आदेश जारी गरिएको छ ।

गएराति १२ बजेदेखि आउँदो २९ गतेसम्म राति १२ बजेसम्म लागू हुने गरी कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top