युक्रेनमाथि रुसले जनवरीको अन्तिमसम्ममा आक्रमण गर्न सक्छः ओलेक्सी रेजनीकोभ

१७ मंसिर ७८, शनिबार

१८ मंसिर, एजेन्सी ।
युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजनीकोभले रुसले जनवरीको अन्तिमसम्ममा आक्रमण गर्न सक्ने बताएका छन्।

Advertisement

शुक्रबार संसदमा बोल्दै युक्रेनको सीमामा रुसले ९४ हजारभन्दा धेरै सैनिक तैनाथ गरेको बताएका छन्। रेजनीकोभले युक्रेनले रुसलाई थप उक्साउने किसिमको गतिविधि नगर्ने तर आफ्नो रक्षाको लागि तयार रहेको बताएका छन्।

पछिल्लो समय रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशंका बढेको छ। रुसले ठूलो संख्यामा सैनिक युक्रेनको सीमामा खटाएको समाचार सार्वजनिक भएसँगै यो आशंका बढेको हो।

Advertisement

युक्रेन र उसका सहयोगी नेटोका सहयोगी मुलुकले यसै वर्ष युक्रेनले सीमाक्षेत्रमा भइरहेको गतिविधिबारे चेतावनी जारी गरेका थिए। यस किसिमको सैन्य गतिविधिले आगामी दिनमा युद्धको रुपमा दिन सक्ने विश्लेषकहरुले चेतावनी दिएका छन्।

रुसले भने यी समाचारको खण्डन गर्दै यो क्षेत्रमा सम्भावित युद्धलाई रोक्न सक्दो प्रयास गर्ने बताएको छ। रुसले अमेरिकाले युरोपमा मिसाइल तैनाथ गर्ने तयारी गरिरहेको र यसले आगामी दिनमा सैन्य टकराव बढ्न सक्ने चेतावनी दिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top