सीता राना मगरले विदेशी लिग खेल्ने

१८ मंसिर, काठमाडौं ।

Advertisement

नेपाली क्रिकेटर सीता राना मगरले हंगकंगमा हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल-२०२२ खेल्ने भएकी छन्।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप-कप्तान समेत रहेकी राना मगरले हंगकंगमा हुने प्रतियोगिता खेल्ने शनिबार क्विन्स इभेन्ट मेनेजमेन्टले जानकारी  दिएको हो । क्विन्स इभेन्ट मेनेजमेन्टले राना मगरलाई एजेन्सी सेवा प्रदान गर्नेछ ।

Advertisement

योसँगै सिता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी समेत बन्ने भएकी छिन् । फेयर ब्रेक इन्भीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त महिला टि-२० क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगिता आगामी सन २०२२ मे १ देखि मे १५ सम्म हंगकंगमा खेलिनेछ।

६ टोली सम्मिलित प्रतियोगितामा भारतकी हर्मंप्रित कौर र पाकिस्तानकी सना मिर लगायत विश्वका चर्चित खेलाडी खेल्ने बुझिएको छ ।  प्रतियोगितामा सीता राना मगर कुन टोलीबाट खेल्ने भन्ने अन्तिम निर्णय भने आयोजक आफैंले गर्नेछ ।

Advertisement

सीताले विदेशमा गएर खेल्ने अवसर पाउँदा आफूलाई खुशी लागेको बताएकी छन् । उनले यसले अरु नयाँ खेलाडीलाई पनि हौसला मिल्ने प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘ढिलै भएपनि देशको प्रतिनिधित्व गरेर विदेशमा खेल्न जान पाउँदा खुशी छु ।’

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले हङकङमा हुने प्रतियोगितामा छनोट हुन सफल भएकोमा रानामगरलाई धन्यवाद दिँदै नेपालीहरुको मिहेनतले गर्दा यो सम्भव भएको बताए ।

राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले नेपाली महिला क्रिकेटमा यो ऐतिहासिक दिन भएको भन्दै अरु खेलाडीलाई पनि खेलकुदमा लाग्न प्रेरित गर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top