हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह

हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह

१८ मंसिर, वीरगञ्ज।

बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुुन् ।

सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो ।

हेलिकोप्टरका लागि जोगीले रु. तीन लाख ८० हजार तिरेर चार्टर्ड गरेका थिए। छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जोगीले बताए। “विवाह भन्ने कुरा जीवनमा एकपटक मात्र गर्ने हो”, बेहुलाका बुवा जोगीले भने, “बेहुलाले नै त्यस्तो इच्छाएपछि पूरा गर्नैप¥यो ।” उनले सम्पत्ति यस्तै बेलामा चाहिने र परेको बेलामा खर्च गर्न पछि हट्न नहुने पनि बताए । छोराको बिहेमा हेलिकोप्टर भाडामा ल्याउन पाएकामा आफूलाई खुशी लागेको उनले बताए ।

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.