केपी ओलीले संसद् चलेको देख्नै नसक्ने भए : खनाल

१८ मंसिर, काठमाडौं।

Advertisement

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले केपी ओलीमा संसद् चलेको देख्न नसक्ने समस्या भएको बताएका छन्। शनिबार गृहनगर इलाममा बृहत् कार्यकर्ता भेला तथा कमिटी घोषणा कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन्।

उनले भने, ‘दुई दुई पटक संसद् विघटन गरे। अहिले संसद् चल्न दिएका छैनन् ।मैले सुन्दै छु मङ्सिर २८ गते बोलाइएको संसद् बैठक पनि चल्न नदिने भन्ने। उनलाई संसद् चलेको देख्न नसक्ने समस्या भयो।’

Advertisement

जबजलाई मार्गदर्शक सिद्धान्त मान्ने ओलीले संसद् नै चल्न नदिएको उनको भनाइ छ। उनले दुईतिहाइ बहुमत हुँदाहुँदै पनि केपी ओलीले त्यसको कदर गर्न नसकेको बताए ।

ओली तत्कालीन नेकपा हुँदा एकलौटी रुपमा अघि बढेकै कारणले सबै समस्या निम्तिएको खनालले दाबी गरे। उनले भने, ‘दलाल पुँजीपतिहरुको हित गर्नेभन्दा फरक कुनै नीति तथा कार्यक्रम ल्याउन सकेनन् । जे जति गरे सबै आफ्ना निम्ति गर्न खोजे। बजेटमा पनि त्यसैअनुसार गए।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top