कांग्रेस गण्डकीको मतदान सम्पन्न, आजै मतगणना सुरु गरिने

कांग्रेस गण्डकीको मतदान सम्पन्न, आजै मतगणना सुरु गरिने

१८ मंसिर, पोखरा ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समिति चयनका लागि मतदान सम्पन्न भएको छ ।

नयाँ नेतृत्वको लाग नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको पहिलो अधिवेशनमा कुल १ हजार १ सय ६६ प्रतिनिधि रहेकोमा एक हजार एक सय ४६ मत खसेको छ।

तीन वटा समूहमा विभाजन गरेर मतगणना आज रातिबाटै पोखरा उद्योग वाणिज्य सङ्घमा सुरु गरिने तयारी छ । गण्डकी प्रदेशमा सभापति, उपसभापति, महामन्त्री र सह महामन्त्रीसहित सबैमा गरेर ६८ पदका लागि १ सय ५० जनाको प्रतिस्पर्धा छ । सभापतिमा अर्जुन जोशी र शुक्रराज शर्माको प्रतिस्पर्धा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.