कांग्रेस महाधिवेशन : बागमती प्रदेशमा पुनः निर्वाचन हुने

१९ मंसिर, काठमाडौं।

Advertisement

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका लागि पुनः मतदान हुने भएको छ। कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान हुने भएको हो।

बागमतीको सभापतिमा शेरबहादुर देउवा पक्षबाट इन्द्र बानियाँ, रामचन्द्र पौडेलपक्षबाट जगदीश्वर नरसिंह केसी तथा नेता कृष्ण सिटौला पक्षबाट भीमसेन दास प्रधानबीच प्रतिस्पर्धा भएको थियो।

Advertisement

कुल २०७२ मत खसेकोमा बानियाँले ९९२ मत ल्याए। उनका निटतम प्रतिद्वन्द्वी केसीले ८७२ मत ल्याउँदा प्रधानले १९७ मतमात्र ल्याए। अब दोस्रो चरणमा बानियाँ र केसीबीच प्रतिस्पर्धा हुने जनाइएकाे छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top