पराजित भएपछि कमल थापाले भने- निर्मल निवासको नांगो हस्तक्षेपको भर्त्सना गर्छु

पराजित भएपछि कमल थापाले भने- निर्मल निवासको नांगो हस्तक्षेपको भर्त्सना गर्छु

१९ मंसिर, काठमाडौं ।

राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आरोपित गरेका छन्। उनले आज बिहान फेसबुकमा स्टाटस लेख्दै ‘निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना’ गरेका छन्।

थापाले लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना । प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।‘

उनले आफूले राहत र उन्मुक्ति पाएको बताएका छन्। उनले भनेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।‘

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.