कांग्रेस गण्डकीमा पौडेल पक्षका शर्मा विजयी

१९ मंसिर, पोखरा ।

Advertisement

नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शुक्रराज शर्मा विजयी भएका छन्।  प्रदेश अधिवेशनअन्तर्गत शनिबार नेतृत्व चयनका लागि भएको मतदानबाट उनी सभापतिमा विजयी भएका हुन्।

उनले संस्थापन देउवा पक्षका अर्जुनप्रसाद जोशीलाई ८४ मतले पराजित गरे । विजयी शर्माले ६ सय १२ मत पाए भने जोशीले ५ सय २८ मत पाए ।

Advertisement

यसैगरी एक उपसभापतिमा बाहेक अन्य पदाधिकारीमा शर्मा प्यानलका विजयी बने । गण्डकीको उपसभापतिमा मेखलाल श्रेष्ठ र कल्पना तिवारी विजयी बने भने महामन्त्रीमा किरण बाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने विजयी बनेका छन्। उपसभापतिमा विजयी श्रेष्ठ भने देउवापक्षीय हुन्।

पौडेल समूहबाट सभापतिमा आकांक्षी बढी भएपछि पार्टी महामन्त्री शशांक कोइरालासमेतको छलफलपछि शर्मालाई एकल उम्मेदवार बनाइएको थियो । अन्यत्र जस्तै गण्डकीमा पनि संस्थापन देउवा पक्ष र इतरको पौडेल पक्षधर प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।

Advertisement

शनिबार भएको मतदानको आइतबार बिहान मतगणना सकिएको थियो । एक हजार एक सय ६५ मतदातामध्ये एक हजार एक सय ४६ मत खसेको थियो । सभापतिमा निर्वाचित शर्मा २०४५ देखि २०६१ सम्म कास्की कांग्रेसको सभापति थिए । २०४८, २०५१ र २०७४ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी भए पनि उनी पराजित बनेका थिए । राष्ट्रिय सभा सदस्यसमेत भएका शर्मा कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य पनि भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top