×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

महाधिवेशनमा चुक्यो एमाले! चितवनका व्यवसायीका गुनासै–गुनासा

१९ मंसिर २०७८

१९ मंसिर, चितवन ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पर्यटकीय क्षेत्र चितवनको सौराहमा आफ्नो १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ । चितवनलाई महाधिवेशनस्थल रोज्नुको एक कारण त्याहाको पर्यटन प्रर्वद्धन गर्नुपर्ने एक रहेको बताइएको थियो । एमालेको महाधिवेशनस्थल बनेपछि त्यहाँका व्यवसायी पनि खुशी बने ।

महाधिवेशनमा हजारौ एमालेका नेता कार्यकर्ता चितवन पुगे । महाधिवेशनको समयमा चितवनका होटल र रिसोर्टहरुमा देखिएको भीड वर्षाैपछिको भिड थियो । यो भीडबाट त्याहाका पर्यटन व्यवसायीले लाभ लिएका छन् । कोरोनाले शिथिल बनेर भर्खरै चलायमान भएको पर्यटन क्षेत्रमा यसले सकारात्मक टेवा पुर्याएको छ । तर यसो भनिरहदा चितवनको सौराहा आसपासका खुद्रा तथा साना व्यवसायीहरुले भने महाधिवेशनताका आशाअनुरुपको व्यापार नभएको गुनासो गरेका छन् ।

Advertisement
Advertisement

कोरोना संक्रमणको जोखिमले बन्द भएको होटल पर्यटनलाई महाधिवेशनले जीवन दिएको भन्दै चौतर्फी चर्चा भए पनि सौराहा आसपासलाई भने सकारात्मक प्रभाव पार्न सकेन । महाधिवेशनका लागि पुगेका प्रतिनिधिहरु सौराहा र नारायणी किनारमै केन्द्रित भएकोले आशा गरेअनुसारको व्यापार हुन नसकेको व्यवसायीहरु बताए । महाधिवेशनमा चितवन पुगेका नेता, कार्यकर्ता र प्रतिनिधिहरु अधिकांशले सौरहामा नै होटल बुकिङ गरेको र दिउँसोको समयमा अन्यत्र घुम्न जान नपाएकोले पनि अपेक्षाअनुसारको व्यापार हुन नसकेको व्यापारीहरुको बुझाइ छ ।

देशभरबाट प्रतिनिधिहरु आउने भएपछि व्यापार फस्टाउँछ भन्ने सोचे पनि त्यो अनुसार व्यपार नभएको साना व्यवसायीहरुको गुनासो छ । आयोजक पक्षले सौराहा र नारायणी किनारलाई मात्रै केन्द्रित नगरी विभिन्न चोकतिर पाहुनाहरुका लागि आकर्षक कुरा राखिदिएको भए साना व्यवसायीहरुको व्यापार फस्टाउने उनीहरुको भनाइ छ । साना व्यवसायीहरु समेट्न मानिस र सवारीसाधनको भीडलाई व्यवस्थित गरी अन्यत्र ठाउँमा सवारीसाधनको पार्किङको व्यवस्था गर्दै पैदल जाने व्यवस्था गर्न सकेको भए आफूहरुले पनि ब्याबसाय उकास्ने मौका पाउने आशा गरेको उनीहरुले बताए । कार्यक्रम ठूला होटल र रेष्टुरेण्टमा मात्रै केन्द्रित हुँदा देशभरका मानिसहरुले स्थानीय खानाको स्वाद लिन नपाएको पनि व्यवसायीहरुले बताएका छन् ।

व्यवसायीहरुले महाधिवेशनमा गएका पाहुनाहरुलाई लक्षित गरेर व्यवसाय सञ्चालन गरे पनि अपेक्षाअनुसारको व्यापार नभएको बताउँछन् । महाधिवेशनस्थलमा आयोजकहरुले साना व्यवसायीहरुका लागि छुट्टै स्टलको व्यवस्था गरेको भए साना व्यवसायीहरु पनि लाभान्वित हुनसक्ने उनीहरुको दाबी छ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन गत मंसिर १० देखि १४ गतेसम्म सञ्चालन भएको थियो ।

Advertisement

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top