×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी बन्याे यू–१९ राष्ट्रिय च्याम्पियन

१९ मंसिर २०७८

१९ मंसिर, काठमाडौं ।

स्पिनर अजय चौहान र तीव्र गतिका बलर दुर्गेश गुप्ताको उत्कृष्ट बलिङसँगै लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता च्याम्पियन बनेको छ । लुम्बिनीले आइतबार टियु क्रिकेट मैदानमा भएकाे फाइनलमा सुदूरपश्चिम प्रदेशलाई १ सय १३ रनको फराकिलो अन्तरले हराउँदै च्याम्पियन बनेको छ ।

Advertisement
Advertisement

२ सय १३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा अल आउट भयो । सुदूरका लोकेश बमले ३९ बलमा ४ चौका सहित सर्वाधिक २५ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । तीव्र गतिका बलर दुर्गेश गुप्ताले पाँचौं ओभरको पाँचौं बलमा नरेन भट्टलाई दुई रनमा विकेटकिपर प्रज्वल थापाबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । नरेन एज लागेर आउट हुन पुगेका थिए । सातौं ओभरको अन्तिम बलमा राहुल भण्डारीलाई गुप्ताले एक रनमा एलबीडब्लू आउट गरे ।

१२ औं ओभरमा मोम्मद हसनले दुई विकेट लिएपछि लुम्बिनी खेलमा हाबी बनेको थियो । दोस्रो बलमा बसन्त कार्की ७ रनमा बोल्ड आउट भए । दुई बलपछि इन स्वींग बलमा खडक बहादुर बोहरा २१ रनमा एलबीडब्लू धराप परे । दुर्गेशले नै प्रमुख ब्याटर अर्जुन साउदलाई ९ रनमा एलबीडब्लू आउट गरेपछि सुदूरको जितको सम्भावना पातलिएको थियो ।

त्यसपछि स्पिनर अजय चौहानले सुदूरलाई धरासय बनाए । अजयले नारायण जोशीलाई ११ रनमा बोल्ड आउट गरे । लोकेश बम ठूलो सट खेल्ने क्रममा लङअफमा विराट भण्डारीबाट क्याच भएपछि सुदूरको च्याम्पियन बन्ने सपना सकियो । लुम्बिनीका स्पिनर अजय चौहानले ५.३ ओभरमा २० रन खर्चेर सर्वाधिक ५ विकेट लिए । दुर्गेश गुप्ताले ९ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । मोहम्मद हुसैनले ८ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको लुम्बिनीले ५० ओभरमा २ सय १२ रनमा अल आउट भयो । लुम्बिनीका कप्तान देव खनालले ९५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिए । विशालले ६९ बलमा ४ चौका र २ छक्का सहित ५१ रन जोडे । तीव्र गतिका बलर आकाश चन्दको १७ औं ओभरको अन्तिम बाउन्सर बलमा वैकल्पिक फिल्डर कैलाश ऐरीले कभरमा देव खनालको ४१ रनमा क्याच छाड्न पुगेका थिए ।

तीव्र गतिका बलर हेमन्त धामीले पहिलो ओभरको दोस्रो बलमै ओपनर शून्यमा आउट भएका थिए । दोस्रो विकेटका लागि प्रज्वल थापा र देवले ७८ रनको साझेदारी गरे । प्रज्वल ५३ बलमा ३ चौका र १ छक्का सहित २४ रनमा क्याच आउट भए । आकाशको १९ औं ओभरको अन्तिम बलमा थर्डमा नरेन्द्र साउदबाट क्याच भएका थिए । स्पिनर शेर मल्लको बलमा विराट भण्डारी विकेटकिपर अर्जुन साउदबाट क्याच हुँदै गोल्डेन डक पेभेलिएन फर्के ।

देव आकाशको २९ औं ओभरको अन्तिम बलमा एज लागेर खडक बोहराबाट क्याच हुन पुगेका थिए । सुनिल भण्डारी ६, बशिर अहमद ४ र कमल वली १ रनमा आउट भए । तल्लोक्रमका दुर्गेश गुप्ताले ३३ बलमा ३ चौका र १ छक्का सहित ३२ रनमा बोल्ड आउट भए ।

सुदूरपश्चिमका आकाश चन्दले १० ओभरमा ४७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । स्पिनर शेर मल्लले १० ओभरमा १ मेडन सहित १७ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले १० ओभरमा २ मेडन सहित ३७ रन खर्चेर २ विकेट लिए । नरेन्द्र साउद र राहुल भण्डारीले १–१ विकेट लिए ।

Advertisement

लुम्बिनी लिगमा ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्ष र सुदूर ६ खेलमा ४ मा जित र २ हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल खेलेका थिए ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top