×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

डा. लोहनीको लिङदेनलाई सुझाव- ‘म ठूलो हुँ’ नभन्नु

१९ मंसिर २०७८

१९ मंसिर, काठमाडाैँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ‘म ठूलो हुँ’ भन्ने भाव नराख्न पार्टीका नवनिर्वाचित नेतृत्वलाई आग्रह गरेका छन् । आइतबार राजेन्द्र लिङदेन नेतृत्वको नवनिर्वाचित केन्द्रिय सदस्यहरुको सपथ तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै निवर्तमान अध्यक्ष लोहनीले नेता हुने वित्तिकै म ठूलो भए भन्ने भावना पाल्न नहुने बताएका हुन् । उनले पार्टीको विधि, पद्धति, दृष्टिकोण र दर्शनमा बाँधिएर पार्टीलाई मुलुक हाँक्न सक्ने बनाउन पार्टी भित्र सबैले हातेमालो गएर अघि बढनुपर्ने आवश्यक्ता समेत औंल्याए ।

Advertisement
Advertisement

सरकार बनाउने गरी अभियान चलाउनु
निवर्तमान अध्यक्ष लोहनीले एक वर्ष भित्र आवधिक निर्वाचन हुने र त्यसमा आफ्नो पार्टीले सकेसम्म सरकार बनाउने, नभएपनि सशक्त प्रतिपक्षको रुपमा उपस्थिति जनाउने गरी देशव्यापी रुपमा जागरण अभियान संचालन गर्न पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाव दिए । उनले नयाँ नेतृत्वले पार्टीका अग्रजहरुको सम्मान गर्दै अघि बढने विश्वास समेत व्यक्त गरे ।

निवर्तमान अध्यक्ष लोहनीले भने, ‘हाम्रो उद्देश्य भनेको यो पार्टीलाई बनाउनु हो । यो पार्टीलाई राष्ट्रको एउटा अग्रणी शक्तिको रुपमा नेपालको रुपान्तरण गर्ने शक्तिको रुपमा स्थापित गर्नु हो । त्यो काम गर्नका लागि हामीहरु सबैले अव हातमा हात मिलाएर एक भएर हामीहरु सबैले नयाँ नेतृत्वलाई बल दिने, नयाँ नेतृत्वलाई साथ दिने र नयाँ नेतृत्वलाई यो काममा सदासर्वदा शुभेच्छा दिने काम हामीहरुले गर्नु पर्दछ । किनभने आउँदा दिनहरु सजिला छैनन् । हामी सबैले मिलेर जानुपर्ने अवस्था छ । यदि हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बनाउने हो । हामी सबै मिलेर जाने हो भने यसलाई नेपालको अग्रणी राष्ट्रवादी, प्रजातान्त्रिक शक्तिको रुपमा अरु अहिले भईरहेका दुई वटा राजनीतिक शक्ति भन्दा अझ सशक्त दर्शन, दृष्टिकोण बोकेको पार्टी यसलाई हामीले स्थापित गर्न सक्छौं । तर त्यसका लागि तपाई हामी सबै साथीहरुको बीचमा एकता हुनुपर्छ । सबै साथीहरुको लक्ष्यप्रतिको प्रतिवद्धता हुनुपर्दछ । र मिलेर जाने, एकले अर्कालाई सहयोग गर्ने भावना हामी सबैले लिएर जानुपर्छ । त्यसको विकल्प अव छैन । आउँदा दिनमा हाम्रा प्राथमिकता के हुन सक्छन ? अधिवेशन त अव सकियो । आउँदा दिनमा हामीले गर्नुपर्ने कुराहरु के–के हुन ? कस्ता कस्ता चुनौतिहरु छन । यो कुराहरुमा गम्भिर भएर नयाँ नेतृत्वले विचार गर्नु हुनेछ । किनभने दुई महिना पछि स्थानीय चुनाव हुँदैछ, देशव्यापी रुपमा । त्यो स्थानीय चुनावमा हामीले उपस्थिति जनाउनु पर्दछ । उपस्थिति गराउने मात्रै होइन् सम्मानजनक उपस्थिति देखाएर हामीले आफ्नो अस्तित्व देखाउन सक्नु पर्दछ । यो काम मित्रहरु, दुई महिना भित्र चुनाव हुन्छ । त्यसमा हामीले कसरी जाने, कुन तरीकाले जाने ? कसरी हामी प्रभावकारी भएर जाने ? यो काम हामीले गर्नु पर्दछ । यो काम गर्नका लागि केही चिन्तन नभएको होईन । भईसकेको छ । अर्को एक वर्ष भित्र चुनाव हुँदैन । आवधिक चुनाव हुँदैछ । पाँच वर्षमा हुने आवधिक चुनाव हुँदैछ । अहिले त हाम्रो आन्तरिक प्रतिस्पर्धा थियो । अव सकियो । अव प्रतिस्पर्धा को सित हुन्छ ? नेकपा एमाले, नेपालको जेठो पार्टी भनिएको नेपाली काँग्रेस, माओवादी । यी दलहरुसित प्रतिस्पर्धा गरेर जाने चुनौति अर्को एक वर्षमा हामीलाई आउँछ । त्यसका लागि हामीेले तयारी गर्नुपर्नेछ । त्यसका लागि हामीले संगठन विस्तार गरेर लैजानुपर्ने हुन्छ । यसका लागि कठोर प्रतिज्ञा गरेर हामी हाम्रो सम्मानजनक उपस्थिति कित हाम्रो पार्टीले सत्तामा गएर देखाउँछौं कि त हामी सशक्त प्रतिपक्षमा रुपमा बसेर देखाउँछौं भन्ने दावी गर्न सक्नुपर्दछ । यो अव आउने चुनाव सम्बन्धि चुनौति छ भने अर्कोतिर साथीहरु हामीले राष्ट्रिय पुर्नजागरणको अभियानलाई पनि सँगसँगै लैजानुपर्ने हुन्छ । संविधान भित्रको राजसंस्था र नेपालको पहिचान हिन्दु राष्ट्र त्यसलाई लिएर पार्टीको पुर्नजागरण अभियान देशव्यापी रुपमा पुर्नजागरण अभियानमा जानुपर्छ । चुनावको अभियान र पार्टीको पुर्नजागरणको अभियान दुईटै लिएर एकतावद्ध भएर अगाढि जानुपर्ने चुनौति छ । र भ्रष्टाचार अन्त्य गर्ने अभियान र नेपाल भित्र नेपाली युवाहरुलाई रोजगारी दिने अभियान यी कार्यक्रमहरुलाई लिएर जनताको दैलोदैलोमा पुग्नु पर्ने हुन्छ । हामी आफ्नो पार्टीमा विश्वास गरौं । यो पार्टी बन्छ । यो पार्टीले राष्ट्रलाई बनाउँछ । यस अभियानमा हामी कटिवद्ध बनौं । हामी सफल हुन्छौं । यो चार पाँच वर्षको बीचमा नेपाली काँग्रेस र नेकपा एमालेले हाटहुट कम्पनीको रुपमा काम गरेका छन । जहा गएपनि भ्रष्टाचार, जहाँ गएपनि अराजकता, संविधानलाई खेलौना सम्झेर आफ्नो स्वार्थको लागि प्रयोग गर्ने र नेपालीको स्रोत, साधन र सम्पत्तिमा भागबण्डाको आधार लुट मच्चाइयो । यसको विरुद्धमा बोल्ने, यसलाई रोक्ने, यो गर्न दिँदैनौ भनेर औंला ठड्याउन सक्ने शक्ति भनेको अव हामीनै हुनुपर्दछ । त्यो चुनौतिलाई लिएर हामी जाऔं । यो पार्टी हामी सबैको हो । यो हामी सबैको राजनीतिक सम्पत्ति हो । यो पार्टी भित्रको राजनीतिक संस्कार पनि उस्तै हुुुनुपर्छ । कार्यकर्ताले नेतालाई ईज्जत गर्ने, नेताले कार्यकर्तालार्य माया गर्ने, र नेताको सम्मान गर्ने, नेता र कार्यकर्ता दुवै अनुशासनमा बाँधिएर रहने यो राजनीतिक संस्कार हामीेले यो पार्टीमा स्थापित गर्नु पर्दछ । नेता हुने वित्तिकै म ठूलो भए । मैले भनेको जे पनि चल्छ, होईन । पार्टीको विधि, पद्धति, पार्टीको दर्शन, दृष्टिकोणमा बाँधिएर एकले अर्कालाई टेवा दिएर, कार्यकर्तालाई नेताले संरक्षण गर्ने । कार्यकर्तालाई नेताले माया गर्ने । म ठूलो, तँ सानो भनेर न्यूनिकरण गर्ने काम नगरौं ।’

Advertisement

निवर्तमान अध्यक्ष लोहनीले राप्रपालाई मुलुकको भरपर्दो प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराउँदै अघि बढनुपर्ने आवश्यक्तामा पनि जोड दिए ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top