बरालियो कमल थापाको मन, कविता सम्झँदै भने- यसपाली त मनै फाट्यो

बरालियो कमल थापाको मन, कविता सम्झँदै भने- यसपाली त मनै फाट्यो

१९ मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले लगातार ट्विट र फेसबुकमार्फत पोष्ट्याइरहेका छन् । आइतबार नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोह बहिस्कार गरेका थापाले पराजित भोगेपछि आफ्नो अन्र्तमनमा लागेका कुराहरु फेसबुक र ट्विटमार्फत पोष्ट्याइरहेका छन् ।

सेटिङमा आफूलाई हराइएको थापाले पोष्ट्याइएको स्टाटसमा प्रष्टिन्छ र उनी अहिलेको महाधिवेशनको नतिजालाई सहर्ष स्वीकार गर्न तयार देखिँदैनन् ।

पछिल्लो पोष्टमा चाहिँ थापा भावुक बनेका छन् । आफ्नो अन्तरमनभित्रको मान्यतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएका टिप्पणीसहित उनले राजेन्द्र थापाको चर्चित गीत ‘पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालेँ।।’ का पंतिहरु सेयर गरेका छन् ।

‘मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गम्भीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो– पोहोर साल खुशी फाट्दा
जतन गरि मनले टाले
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टाले
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो ?’

थापाले  मतगणना सकिएलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाहका विरुद्ध सामाजिक सञ्जालमा आक्रोशित टिप्पणी गरेका थिए । त्यसपछि उनले पूर्वयुवराज्ञी हिमानी शाहको ट्विटमाथि व्यंग्य प्रहार गरेका छन् । हिमानी शाहले महाधिवेशनमा राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रबादी नेता पाउन सफल भएको बताउँदै धन्यवाद प्रकट गरेकी छन् ।

त्यहीँ सन्दर्भमा थापाले भनेका छन्– ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना !’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.