भीम रावल भन्छन् – एमालेकाे संसद अवरुद्ध ‘म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर’ भनेझैं भयाे

भीम रावल भन्छन् – एमालेकाे संसद अवरुद्ध ‘म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर’ भनेझैं भयाे

१९ मंसिर, काठमाडौं ।

नेकपा (एमाले) नेता भीम रावलले प्रभावकारी रुपमा संसद अवरुद्ध गर्न नसके जनताको आवाज उठाउन दिनुपर्ने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि संसद अवरुद्ध गर्ने संकेत गरेका बेला रावलले जनताको आवाज उठानुपर्ने थलो अवरुद्ध पार्नुको अर्थ नहुने बताएका हुन् ।

ट्वीट गर्दै रावलले अवरोध नै गर्ने भए सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्ने नभए अवरोधको अर्थ नहुने भनाइ राखेका छन् । ‘संसद देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै काम कारवाही हुन दिई संसद अवरूद्ध गरेको भन्नुको औचित्य छैन,’ उनले भनेका छन्, ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्‍यो । नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्‍यो । अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ ।’

एमाले अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएयता रावलको यो पहिलो सार्वजनिक टिप्पणी हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.