×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

यो मोरो पनि बदमास रहेछ भन्ने पार्दिन : राजेन्द्र लिङदेन

१९ मंसिर २०७८

१९ मंसिर, काठमाडाैँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरुको मानमर्दन गर्न र कार्यकर्ताहरुको विश्वासघात गर्न आफू नेतृत्वमा नआएको बताएका छन् । नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीका निवर्तमान अध्यक्षहरुको जीवनकालमै आफ्नो पार्टीलाई मुलुकको बलियो शक्तिको रुपमा स्थापित गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

Advertisement
Advertisement

आइतबार काठमाडौंमा सपथ ग्रहण गर्दै उनले दुई पटक मृत्युको मुखमा पुगेर पनि बाँचेको आफूले नेताको सम्मान र कार्यकर्ताहरुको भावनामाथि चोट नपु¥याई आफ्नो पार्टीलाई बलियो बनाउने बताए । नवनिर्वाचित अध्यक्ष लिङदेनले यो मोरो पनि बदमास रहेछ भन्ने नपार्ने दृढता समेत व्यक्त गरे । उनले अनुभवी नेताहरुको साथ लिएर पार्टीमा गल्ती नगर्ने बताए ।

अध्यक्ष लिङदेनले भने , ‘राजेन्द्र लिङदेनले पार्टी चलाउन सक्छ भन्ने आशंका छ । पार्टीमा म मात्रै कहाँ छु ? मैले भने हाम्रो श्रद्धेय तीन नेताहरु हुनुहुन्छ । अनि हाम्रा पदाधिकारीहरु हुनुहुन्छ । मैले दाई मानेका अनुभवी मानिसहरु हुनुहुन्छ । उहाँहरुको साथ लिएर अघि बढछौं । कहीँ पनि त्रुटी गर्दैनौं । म आत्मविश्वासी छु । म गल्ती गर्दिन । मैले धोका दिँदिन । मैले कसैलाई पनि रुवाउँदिन । कसैलाई थुक्क यो मेरो पनि बदमासै रहेछ भन्ने पार्दिन भन्ने मेरो मनमा लाग्छ । किनभने म अहिले यो अध्यक्ष भए । मेरो चाहनाको कुरा थिएन । मेरो कुनै महत्वकांक्षाले होईन । मलाई किनकिन यो पार्टी यत्तिकै जान दिनु हुँदैन । हामीले प्रयत्न ग¥यौं भने एउटा सन्देश देशबासीहरुमै जान्छ । राप्रपाको कार्यकर्तामा मात्रै होईन । अव यही राप्रपाको कार्यकर्तामात्रै मिलेर पुग्दैन । यतिले मात्रै त हामीले एक सिटको लागि मात्र भयौं । धेरै सिटको हुनका लागि त काँग्रेस, एमालेसहितका राप्रपा बाहिरका मान्छेमा हाम्रो सन्देश पुग्नु प¥यो । उनीहरुलाई जोडनु प¥यो । त्यो जोडनका लागि हामीले केही प्रयत्न गर्नुप¥यो भनेर प्रयत्न गर्ने क्रममा आज यहाँसम्म आईपुगेको छु । मेरा जीवनमा अनेक संयोगहरु छन । म दुई चोटी मृत्यको मुखबाट फर्केर आएको मान्छु हुँ । एक चोटी माओवादी द्धन्द्धका बेला माओवादीहरुले सहरबीचमा पर्केर हजारौं मानिसहरुले निर्घात कुटपीट गरेर अव यति भए यो मान्छे बाँच्दैन बाच्यो भने पनि गरिखान सक्दैन भनेर फ्याँकेको मान्छे, बाँचेर यहाँसम्म आए । अस्ती यो महामारीमा एकैरात ढिलो ल्याएको भए म आज तपाईहरुको बीचमा हुन्नथ्ये । म पटकपटक मृत्युको मुखबाट फर्केर आएको दुई चार वर्ष बाँच्नको लागि मात्रै हो ? मर्न त मर्छु । अजम्मरी त कोही पनि छैन । मलाई कस्तो लाग्छ भने होइन । त्यतिको लागि मात्रै होईन । नेताहरुको मानमर्दन गर्न र कार्यकर्ताको विश्वासमाथि कुठारा घात गर्न आफू नेतृत्वमा नआएको होईन । मलाई विश्वास छ–हामी सबै मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तपाईहरुको जीवनकालमै राप्रपा यो मुलुकको बलियो शक्ति भएको देखाउछौं । त्यो विश्वासका साथ हामी काम गछांैं । यो पार्टी भित्र कुनै गुट छैन, समूह छैन ।’

राप्रपालाई मुलुकको अग्रणी पार्टी बनाउने
नवनिर्वाचित अध्यक्ष लिङदेनले कांग्रेस र एमालेलाई पनि जोडेर आफूहरुले राप्रपालाई मुलुकको अग्रणी पार्टीको रुपमा अघि बढाउने बताए । उनले अब पार्टी भित्र कुनै पनि गुट नभएको दावी समेत गर्नु भयो ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top