दक्षिण एसियाली विद्यार्थी समिटमा नेपाली समूह प्रथम, पायाे ३ हजार डलर पुरस्कार

Share this
724shares

२० मंसिर, काठमाडौँ।

Advertisement

साउथ एसियन इकोनोमिस्ट स्टुडेन्ट समिटमा भाग लिएका पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा बिबिएस पाँचौँ सेमेस्टरमा अध्ययनरत निकिता शाही नेतृत्वको टोली पहिलो भएको छ ।

सो समिटमा दक्षिण एसियाका नेपाल, भारत, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका विद्यार्थीले भाग लिएका थिए । टोलीले तीन हजार अमेरिकी डलर पुरस्कारसमेत जितेको छ ।

Advertisement

शाहीको आठ महिना लामो टेक्सटाइल इन्डस्ट्रिजको अनुसन्धान गरेर समिटमा पेस गरेको रिसर्चले अवार्ड जितेको हो । सन् २०१९ बाट सुरु भएको उक्त समिट यस पटक श्रीलङ्कामा आयोजना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण भर्चुअल माध्यमबाट भएको थियो । उक्त प्रतियोगितामा आठवटा टोली सहभागी भएको थियो । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top