मन्त्री बनेपछि मन्त्रालयगत खर्च घटाएँ: पर्यटनमन्त्री आले

२० मंसिर, काठमाडाैँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाइएको दावी गरेका हुन् ।

आफूले नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पु¥याउने चाहना राखेको उनले बताए । अहिले नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनैपनि हालतमा माथि उठाउनुपर्ने बताए । उनले भने – ‘यो ध्वजाबहाक जहाज भनेको यो नेपाली जनताले राजस्व तिरेर, कर तिरेर बनेको यो निगम हो । यसलाई कुनैपनि हालतमा माथि उठाउनै पर्छ । यो मन्त्रालयले हरेक खर्चमा पनि मितव्ययिता अपनाएको छ । हामी चाहान्छौँ कम भन्दा कम खर्चमा नेपाल ध्वजाबाहक जहाज नाफा होस् । फाइदा होस् । अहिलेपनि हामीलाई ५० अरब भन्दा बढी ऋण छ । हामी एकदमै चिन्तित छौँ । ९ प्रतिशत हामीले ब्याज तिरिराख्नु परेको छ । किस्ता हाम्रो ड्यु छ । ब्याज हामीले तिर्न सकेका छैनौँ । विभिन्न समस्या समाधान गर्नका लागि म यहाँ आएको छु । राम्रो काम गर्दा कतिपय मान्छेहरुले आफ्नो व्यक्तिगत इन्ट्रेष्ट पुरा नहुँदा उनीहरुले विभिन्न मिडियामा लेखाउने कामहरु गरिराखेका छन् । त्यसमा मैले भन्नुपर्ने केही छैन । त्यो त तपाईहरुले आफैँले पनि बुझ्न सक्नुहुन्छ ।’

नेपाललाई खतराजन्य पद्धार्थ आयात निर्यातको अनुमति
मन्त्री आलेले खतराजन्य पद्धार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धी भएको उल्लेख गरे । खतराजन्य पद्धार्थ आयात निर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने र नाफा हुने उनले बताए । उनले भने – ‘यहाँको स्थानीय लेभलमा यहाँका व्यवसायीहरुलाई पनि हरेक ठाउँमा झन्झट हुन्थ्यो । सामान ल्याउँदा खेरी कम्तीमा अब डाइरेक्ट आउन सक्नेभयो । त्यो पनि एउटा उपलब्धी हो । अर्को कुरा जुन सामानहरु हामी बाहिरबाट क्यारी गर्छौ त्यो भन्दा दुई गुणा, तिन गुणा बढी हामीले पाउने भयो । जुन जुन फ्लाइटमा यात्रु नभएको अवस्थामा पनि डेन्जरस् गुड क्यारी गरेर हामी यहाँ ल्याउँछौँ यसले नाफा दिन्छ । एकदमै सह्रानीय कुरा हो यो ।’

मन्त्री आलेले आफू मन्त्रालय मातहतका सबै निकायको कमी, कमजोरी, विकृति र विसंगति सुधार्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top