प्रधानमन्त्री भएपछि पहिलो पटक पार्टी कार्यालय जाँदै देउवा

प्रधानमन्त्री भएपछि पहिलो पटक पार्टी कार्यालय जाँदै देउवा

२० मंसिर, काठमाडौँ ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक केन्द्रीय कार्यालय जाँदैछन् । देउवा १४ औं महाधिवेशनको तयारीका लागि गठित महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा सहभागी हुन साेमबार कार्यालय जान लागेका हुन् ।

बैठक सोमबार दिउँसो साढे चार बजे बस्दैछ । देउवाले महाधिवेशनको व्यवस्थापनका लागि गठित विभिन्न समितिका संयोजकहरूसहितको बैठक बोलाएका हुन् ।

देउवा पछिल्लो पटक प्रधानमन्त्री भएपछि केन्द्रीय कार्यालय गएका छैनन् । उनी गत असार २९ गते पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । महाधिवेशनको मुखमा क्रियाशील सदस्यताको विवादका विषयलाई लिएर केन्द्रीय कार्यालयमा निरन्तर धर्ना र अनसनका कार्यक्रम भएपछि देउवा कार्यालय गएका थिएनन् ।

सोमबार अपरान्ह साढे ४ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.