×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

सुनसरीका ४ दर्जन नागरिकता पीडितले आफ्नो वेदना सिडिओलाई यसरी सुनाए

२० मंसिर २०७८

२० मंसिर, इटहरी।
नेपालको संविधानले आमाको नामवाट पनि नागरिकता पाउने ब्यवस्था गरेको छ तर मैले आमाको नामवाट नागरिकता किन नपाउने ? यो प्रश्न हो, इटहरी उपमहानगरपालिका वडा नम्वर ४ की रञ्जना राउतको । इटहरी उपमहानगरपालिकाले खनारमा आयोजना गरेको नागरिकता प्राप्तीमा भएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा रञ्जनाले सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समक्ष यो प्रश्न राखेकी हुन् ।

रञ्जना दिदी वहिनीलेनै १२ पास गरेका छन् । तर नागरिकता नभएका कारण कहि कतै जागिर पाउन सकेका छैनन । वुवा वर्षौ देखि वेपत्ता हुनुहुन्छ ।आमाले विवाह गर्नुभन्दा अघि वनाएको नागरिकता छ । तर आमाको नामवाट नागरिकता पाउन सकेका छैनन् । कार्यक्रममा इटहरीका ४२ जना महिला र ८ जना पुरुषले नागरिकताको प्रमाण पत्र पाउन नसक्दा झेलेको दुःख सुनाए ।

Advertisement
Advertisement

प्रमुख जिल्ला अधिकारीले सवैको कुरा सुने र टिपोट पनि गरे । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार कार्यक्रममा विशेष गरि चार किसिमका समस्याले नागरिकता नपाएका गुनासाहरु पेश भए । धेरैजसोको वुवा वेपत्ता भएका वा नभएका तर आमाका नामवाट नागरिकता पाउन नसकेको समस्या देखियो । भारतबाट नेपालमा विवाह गरि आएका तर उताको कागजपत्र नभएका कारण नागरिकता वन्न नसकेका र विभिन्न ठाँउदेखि वसाँईसराई गरि आएका तर वसाँईसराई लगायतका कागज पत्र नल्याएका कारण नागरिकता पाउन नसकेको पाइयो । यस्तै आफन्तका नाममा कोहि पनि थाहा पत्तो नभएका ब्यक्तिहरुले पनि नागरिकता पाउन नसक्दा समस्या झेलिरहेको पाइयो ।नागरिकता पाउन नसकेका ब्यक्तिहरुले नागरिकताको सिफारिस गर्ने निकाय वडाका वडाध्यक्षहरु रुपेश चौधरी र हेमानन्द दाहाल र नागरिकता दिने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो राखेका हुन् ।

Advertisement

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सवैको कुरा सुनिसकेपछि नागरिकता प्राप्तीका लागि पुरयाउनुपर्ने प्रक्रिया र कागजातका वारेमा बताएका थिए । संविधानले आमाका नामवाट नागरिकता पाउने ब्यवस्था गरेपनि कानुन वनिनसकेका कारण आमाका नामबाट नागरिकता दिन नसकिएको सुनाए । कानुन वन्ने वित्तिकै नागरिकता दिन सकिने उनको भनाई छ । कार्यक्रमकी अध्यक्ष महिला सदस्य शान्ता अधिकारीले आमाका नामबाट नागरिकता पाउने कानुन् संसद बाट चाडै पारित गर्न माग गरिन् । इटहरी उपमहानगरपालिकाले महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा सो कार्यक्रम गरेको हो ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top