×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

काँग्रेसको महाधिवेशन: भृकुटीमण्डपमा सजाइँदै सभा कक्ष

२१ मंसिर २०७८

काठमाडौँ : नेपाली काँग्रेसको १४औँ महाधिवेशन उद्घाटन सत्रका लागि भृकुटीमण्डप प्राङ्गण तथा कभर्ड हल सजाउन सुरु गरिएको छ । महाधिवेशनको औपचारिक उद्घाटनका लागि प्राङ्गणमा मञ्च निर्माण हुँदै छ भने बन्दसत्रका लागि कभर्डहल प्रयोग हुने भएको छ । यही शुक्रबार २४ गते दिउँसो प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने तयारी छ ।

मञ्च व्यवस्थापन समितिका सदस्य डा. प्रदीप पराजुलीले मञ्च निर्माणका लागि आवश्यक सामग्री भृकुटीमण्डप पु-याइसकेको बताउनुभयो । मञ्च सुरक्षा घेरबारका सामग्री पनि थुपार्न थालिएको छ । त्यस्तै, कभर्डहलभित्र पनि मञ्च निर्माण र सिट व्यवस्थापनको काम सुरु हुँदै छ । तीन दिनको अवधिमा मञ्च निर्माणदेखि सिट व्यवस्थापनलगायतका निर्माणकार्य पूरा भइसक्नेछन् ।

Advertisement
Advertisement

महाधिवेशनमा प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब पाँच हजारको सहभागिता हुने अपेक्षा गरिएको छ । प्रतिनिधिका सवारीसाधन पार्किङका लागि खुलामञ्च, विशिष्ट व्यक्ति तथा आमन्त्रित पाहुनाको सवारी पार्किङ महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहमा व्यवस्था गरिएको छ ।

त्यस्तै, केन्द्रीय पदाधिकारी तथा सदस्यको मतदानका लागि भृकुटीमण्डप कभर्डहल, बाहिर प्राङ्गण र राष्ट्रिय सभागृह गरी तीन स्थानमा मतदान केन्द्र राखिनेछन् । काँग्रेस महाधिवेशन अवधिभरका लागि प्रदर्शनीमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ ।

महाधिवेशन व्यवस्थापनका लागि काँग्रेस पार्टी समर्थक भूतपूर्व सैनिक सङ्घको नेतृत्वमा १५० जना अवकाशप्राप्त सैनिक कर्मचारी स्वयम्सेवकका रूपमा महाधिवेशन स्थलमा खटिनेछन् ।

महाधिवेशन सुरक्षाका लागि महानगरीय प्रहरी परिसर काठमाडौँले विशेष सुरक्षा योजना नै बनाएको छ । प्रहरी उपरीक्षक दिनेश मैनालीको कमान्डमा दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिनेछ । त्यसका लागि काठमाडौँ परिसरका अतिरिक्त महानगरीय प्रहरी सहायता कार्यालय महेन्द्र पुलिस क्लब र विभिन्न गणबाट ठूलो सङ्ख्यामा सुरक्षाकर्मी थप गरिएको छ । सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनको जिम्मा महानगरीय ट्राफिक महाशाखाले लिएको छ ।

सञ्चारकर्मीको सुविधाका लागि ‘मिडिया सेन्टर’ स्थापना गरिने भएको छ । मञ्चनजिक विभिन्न मिडियाका क्यामेरा पर्सनबाहेक अन्यको प्रवेशमा रोक लगाइएको छ । सबै सञ्चारकर्मीलाई मञ्चनजिक राख्न समस्या हुने भएकाले क्यामेरालाई मात्र सहज गरिएको डा. पराजुलीले बताउनुभयो ।

अन्य सञ्चारकर्मीका लागि मिडिया सेन्टरमा बसेर टीभी डिस्प्लेबाट सूचना तथा समाचार सङ्कलनको व्यवस्था गरिएको छ । त्यस्तै, पार्टीका शुभचिन्तक तथा कार्यकर्ताका लागि प्रदर्शनीमार्गलगायत विभिन्न स्थलमा स्पिकरसहित टीभी डिस्प्ले राख्ने जनाइएको छ ।

Advertisement

महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि काठमाडौँ उपत्यका भित्रिन थालेका छन् । महाधिवेशन प्रतिनिधिको आवास सुविधाका लागि सुन्धारा, ठमेल, गोङ्गबु नयाँ बसपार्क र सिनामङ्गललगायत क्षेत्रका होटलमा छुट्ट्याइएको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top