२१ मंसिर, झापा ।
झापामा मोटरसाईकल चोरीमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका-१ का २१ बर्षिय आशिष सुब्बा, सुर्योदय-८ का २१ बर्षिय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका-३ बिर्ताबजार का २६ बर्षिय रंजित राजवंशी रहेका छन् ।
झापामा मोटरसाईकल चोरीको घटना वृद्धि भए पश्चात ईलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनीहरुको साथबाट चोरी भएको मे ६ प २५०५ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल र मे ११ प ९७३५ नम्बरको १५० सिसिको FZ मोटरसाइकल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । ।