नेता परियारद्वारा सहमहामन्त्री उम्मेदवारी घोषणा

२१ मंसिर, काठमाडौँ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलन उनले पार्टीको १४औँ महाधिवेशनमा (दलित कोटा)बाट आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।

Advertisement

“हाल पार्टीको विधान अनुसार दलितको पनि पदाधिकारीमा सहभागिता हुने गरी सहमहामन्त्री पद राखिएको छ, समावेशी क्लस्टर अनुसार सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेको हुँ”, उनले भने। उनी पार्टीको दुई कार्यकाल केन्द्रीय सदस्य बनेका थिए । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top