×

NEPAL TIMES UPDATES

Playing
World News: Americaले स्थलसेना पठाए Iranबाट नफर्किने,अब खाडीको उर्जाकेन्द्र ध्व*स्त पार्ने
Mar 22, 2026
Playing
कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ? || Nepal Times
Mar 22, 2026
Playing
नेपाली भूमि लिपुलेकबाट भारत–चीन व्यापार, बालेनको नयाँ सरकारले के भन्ला ? || Nepal Times
Mar 22, 2026
Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026

फेसबुकविरुद्ध उजुरी, १५० अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग

२१ मंसिर २०७८

२१ मंसिर, एजेन्सी ।

विश्वभर करोडौं प्रयोगकर्ता रहेको फेसबुकविरुद्ध म्यानमार मुल थलो भएका रोहिङ्ग्या मुसलमान भने खनिएका छन् । सामाजिक संजालहरुमा लोकप्रिय फेसबुकले आफूहरुमाथि दमन गर्न उक्साएकोे भन्दै उनीहरुले फेसबुकमाथि नै उजुरी गरेका छन् । अमेरिका र बेलायतमा रहेका रोहिङ्ग्या मुसलमानले फेसबुकविरुद्ध उजुरी दर्ता गरेका छन् ।

Advertisement

शरणार्थीको रुपमा अमेरिका र बेलायतमा बस्दै आएका दर्जनौं रोहिङ्ग्या मुसलमानले उजुरी दर्ता गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उजुरीमा फेसबुकले दमनमा परेको अल्पसंख्यक रोहिङ्ग्याविरुद्ध ‘घृणायुक्त सामग्री’ प्रबर्द्धन गरेको दाबी गरिएको छ । रोहिङ्ग्या शरणार्थीको प्रतिनिधित्व गरेको एक बेलायती ल फर्मले फेसबुकलाई लेखेको पत्रमा ‘रोहिङ्ग्याविरुद्ध घृणायुक्त अभिव्यक्तिलाई बढावा दिएको’ र उनीहरूविरुद्ध हिंसा उक्साउने सामग्री वा अकाउन्ट नहटाएको उल्लेख छ ।

अमेरिकाका वकिलले समेत फेसबुकविरुद्ध कानुनी उजुरी दर्ता गरेका छन् । सो उजुरीमा फेसबुकमाथि ‘दक्षिणपूर्वी एसियाको सानो मुलुकमा राम्रोसँग बजार विस्तार गर्न रोहिङ्ग्याको जीवनलाई दाउमा राख्न खोजेको’ उल्लेख छ । पछिल्लो समय नाम फेरेर मेटा बनेको फेसबुकले क्षतिपूर्ति स्वरुप १५० अर्बभन्दा बढी अमेरिकी डलर दिनुपर्ने समेत रोहिङ्ग्या मुसलमानको माग रहेको छ । तर फेसबुकले आफूमाथि लगाइएको आरोपबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

रोहिंग्याहरूलाई म्यानमारमा अवैध आप्रवासीको रूपमा हेरिन्छ र दशकौंदेखि सरकार र जनताबाट भेदभाव भइरहेको छ। म्यानमारमा लाखौं मानिसका लागि समाचार पढ्ने र शेयर गर्ने प्रमुख माध्यम बन्दै आएको फेसबुकका २ करोडभन्दा बढी प्रयोकर्ता छन् । सन् २०१७ मा रोहिङ्ग्या विद्रोहीले प्रहरी चौकीमाथि भीषण आक्रमण गरेपछि म्यानमारको सेनाले रखाइन राज्यमा रोहिङ्ग्यामाथि निर्मम दमन गरेको थियो । यसक्रममा झण्डै १० हजार रोहिङ्ग्याले ज्यान गुमाएका थिए भने सात लाखभन्दा बढी मानिस भागेर बंगलादेशमा शरण लिईरहेका छन् ।

बंगलादेशमा समेत उनीहरुमाथि विभिन्न तबरबाट हिंसा हुदै आएको छ । बंगलादेशबाट उनीहरुको म्यानमार फिर्तीको अन्तिम तयारी गरेपनि म्यानमारमा सेनाको कु पछि त्यो समझदारी अलपत्र परेको छ । रोहिङ्ग्या म्यानमारबाट लखेटिएपछि प्रजातन्त्रवादी नेतृ आङसाङ सुचीविरुद्ध विश्व समुदाय रुष्ट बनेको थियो । तत्कालीन समयमा शक्तिमा रहेकी सुची अहिलेभने सेनाको नजरबन्दमा रहेकी छिन् । उनलाई चार वर्षको जेल सजाय तोकिएको छ ।

भर्खरको समाचार

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

सम्बन्धित खबरहरु

Scroll to Top