गगन थापाले भने- कांग्रेस अब नसुध्रिए समाप्त हुन्छ

२१ मंसिर, काठमाडाैँ ।

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अव पनि नसुध्रिए समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका हुन् ।

उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने बताए । नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली कांग्रेसको रुख चिन्हमा मत नहालेको मानिसलाई समेत कांग्रेस सकिन्छ भन्ने आवश्यक्ताको बोध गराउन सके मात्रै त्यसै विजयी बन्ने बताए ।

कांग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउनुपर्याे
उनले नेपाली कांग्रेस चुनाव जित्छौँ भनिरहँदा आम जनताले कांग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउन आवश्यक रहेको पनि बताए । नेता थापाले चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै कांग्रेस सबल बन्ने बताए । नेता थापाले भने, ‘कसले बिगार्यो काँग्रेस भन्ने मात्रै होइन, कसले सुधार्छ काँग्रेस भन्ने मात्रै होइन, किन सुधार्ने काँग्रेस ? काँग्रेस सुध्रने भने के हुन्छ ? सुध्रेन भने काँग्रेस सकिन्छ । काँग्रेस सकियो भने के हुन्छ ? सकियो भने म नेपाली काँग्रेसको कार्यकर्ता भएकोले गर्दा मेरो सबै कुरा पार्टीसँग छ । मलाई चिन्ता लाग्ने सबै कुराहरु मेरा कुराहरु भए । हामी नौलाख पार्टीका कार्यकर्ताहरु छौँ । हाम्रो पार्टी नै सकियो भने हाम्रो अस्तित्व जोडिएको कुराको नाश हुने कुरा हो । नेपाली काँग्रेसको अहिलेको सबैभन्दा ठूलो चुनौति भनेको हामी नौ लाख मान्छेलाई काँग्रेस सुध्रियोस् भन्ने कुरा लाग्यो वा काँग्रेस सकिन्छ भन्ने कुराको डर लागे जस्तै नेपाली काँग्रेसलाई कहिल्यै मत नहालेको मान्छेलाई पनि काँग्रेस सुध्रिनुपर्छ भन्ने लाग्ने कुराको त्यसको आवश्यक्ताको बोध गराउन सक्यौँ भने हामी त्यसै विजयी भयौँ । नभए भएनौँ । हामी चुनाव जित्नुपर्छ भनेर लाग्नुभन्दा एउटा नागरिकले काँग्रेस किन सुध्रिनुपर्छ भन्ने कुरा थाहा पाउनु ठूलो कुरा हो ।’

१५ लाख नयाँ मान्छेलाई कांग्रेससँग जोड्नुपर्छ

नेता थापाले यो महाधिवेशनपछि नेपाली कांग्रेसको सदस्यता कहिल्यै नलिएको, सदस्य कहिल्यै नभएको १५ लाख नयाँ मान्छेलाई नेपाली कांग्रेससँग जोड्नुपर्ने बताए । पार्टीमा म्यासेज र म्यासेन्जर दुवै आवश्यक रहेको बताउँदै नेता थापाले पार्टीमा नेता, कार्यकर्तालाई मात्र नभइ अन्य नागरिकहरुलाई जोडिने वातावरण सिर्जन गर्नुपर्ने बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top