२१ मंसिर, काठमाडाैँ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन दिवस (आइकाओ डे) नेपालमा पनि मनाइएको छ । मंगलबार नागरिक उड्डयन प्राधिरकणले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन दिवस (आइकाओ डे) मनाएको हो ।
कार्यक्रममा सस्ंकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलले हवाई उडानको क्रममा चराचुरुङ्गीहरु सँग ठोकिएर दुर्घटना हुने क्रम बढेकोमा सबै गम्भिर बन्नुपर्ने बताए । उनले यस्ता घटनाहरु न्युनीकरण गर्नको लागि मन्त्रालयले के गर्नुपर्छ त्यसको तयार रहेको पनि बताए । मन्त्री आलेले नेपाल उड्डयन प्राधिकरणको बजेट आगामी सोमबार भित्र पास गर्ने तयारी रहेकोे बताए । बजेट पास गर्नुपूर्व हवाई सुरक्षाका लागि थप केकेमा बजेट आवश्यक छ त्यसको तयारी गर्न क्यानलाई आग्रह गरे ।
एयरपोर्टको घाँस काट्न ५ लाख दिने
मन्त्री आलेले सुरक्षाका सबै क्षेत्रमा समानुपातिक रुपमा बजेट छुट्याउने बताए । उनले भने,‘ हवाई सुरक्षाको विषय अत्यन्त गम्भिर विषय हो । सरकार हवाई सुरक्षाको मापदण्ड कमि हुन नदिनको लागि काम गरिरहेको छ। क्यानको बजेट २१ गतेभित्र पारित गरेर सबै क्षेत्रमा बजेट छुट्याउने छौं । बजेट छुट्याएपछि पनि मुलुकका ३५ वटा आन्तरिक एयरपोर्टमा भएका समस्या समाधान हुनुपर्छ । यदि सरकारले बजेट दिँदा पनि एयरपोर्टमा समस्या समाधान भएन । समस्या देखियो भने तत्काल एयरपोर्ट प्रमुखलाई कारबाहीको भागिदार गन्नु पर्ने छ । हामी बजेट व्यवस्थापन गछौं । बजेट व्यवस्थापन गरेपछि यो भएन त्यो भएन भन्ने सुन्न नपरोस्। एयरपोर्टको घाँस काट्न ५० लाख चाहिँदैन । त्यसलाई ५ लाख भए पनि काम पुरा हुन्छ । ५ लाखमा हुने कामको लागि ५० लाख रुपैयाँ छुटिदैन्।’
मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेको सुरुको दिन देखि नेपाल वायुसेवा निगम सुधारमा लागि परेको बताए । यहाँले अन्तराष्ट्रिय विमानस्थलमा हुने ठगी रोक्नको लागि कदमहरु अगाडि बढाई सकेको बताए । ट्याक्सीमा हुने ठगी रोक्न सरकार आफैले फ्रि को सटल भ्यान सञ्चालन तथा श्रमिकको लागि विश्राम स्थलको व्यवस्था समेत गरिएको बताए । नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने निगमको प्रस्तावमा सम्पत्तीको मूल्याङकन सहि नभएकाले निजीकरण गर्ने प्रस्तावको विषय अन्त्य गरिएको बताए ।