टी–२० विश्वकप छनोटका लागि समूह विभाजन, नेपालले ओमानमा खेल्ने

टी–२० विश्वकप छनोटका लागि समूह विभाजन, नेपालले ओमानमा खेल्ने

२१ मंसिर, काठमाडौँ ।

सन् २०२२ मा हुने आइसिसी टी–२० विश्वकप छनोटका लागि समूह विभाजन गरिएको छ ।

अस्ट्रेलियामा हुने टी–२० विश्वकपको छनोटमा नेपाल रहेको समूहमा ओमान, आयरल्यान्ड, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र यूएई परेका छन् ।

समूह ए मा परेको नेपालले आयरल्यान्ड, युएई, ओमान जस्ता बलिया टिमसँग मुख्य प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । नेपालको यो प्रतिस्पर्धा आगामी फेब्रेवरी १५ देखि २५ तारिखसम्म हुनेछ ।

यस्तै समूह बी को छनोट जिम्बावेमा हुनेछ । जसमा जिम्बावेसहित हङकङ, नेदरल्याण्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर, अमेरिका छन् । यो प्रतियोगिता जुलाई ८ देखि १८ सम्म हुनेछ ।

दुवै समूहका शीर्ष दुई स्थानमा पुग्ने टिमले अस्ट्रेलियामा हुने विश्वकप खेल्न पाउनेछन । केही महिना अगाडी भएको टी २० विश्वकपको सुपर १२ मा पुगेका अफगानिस्तान, बङ्गलादेश, इंग्ल्याण्ड, नामिबिया, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, वेस्ट इन्डिज, भारत, स्कटल्यान्ड र अस्ट्रेलियाले अर्को विश्वकपमा स्थान बनाइसकेका छन् ।

विश्वकप छनोटमा कुल १६ टिमको प्रतिस्पर्धा हुनेछ । नेपालले टी २० को वरियताका आधारमा यो पटक सोझै ग्लोबल छनोट खेल्ने मौका पाएको हो । यसअघिको टी २० विश्वकप छनोटमा नेपाल एसिया छनोटबाट नै बाहिरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.