२२ मंसिर, काठमाडौं।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनका लागि पदाधिकारी छान्न आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन्।
देउवा निकट एक नेताका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ।
बैठकबाट देउवाले आफ्नो प्यानलबाट पदाधिकारी छनौट गर्ने जनाइएको छ। ‘हाम्रो (संस्थापन) पक्षबाट पदाधिकारीमा को–को उम्मेदवार हुन्छन् भनेर सम्भवत: भोलि बिहान नै निर्णय हुन्छ होला,’ एक नेताले भने।
२४ गतेबाट सुरु हुने कांग्रेस महाधिवेशनमा पदाधिकारीका लागि देउवा समूह भित्र आकांक्षा राख्नेहरुको संख्या धेरै छ ।