परिवारिक कम्पनीले सरकारको सार्वजनिक खर्च गर्न सक्दैनन्ः मन्त्री झाँक्री

२२ मंसिर, काठमाडाैँ ।

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पारिवारिक खालका साना निर्माण कम्पनीले सरकारको सार्वजनिक खर्च गर्न नसक्ने बताएकी छन् । बुधबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघले १४ औं राष्ट्रिय निर्माण दिवसको अवसरका आयोजना गरेको प्रभातफेरी कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।

मन्त्री झाँक्रीले सरकारको सबै भन्दा ठूलो सार्वजनिक खर्च गर्ने निर्माण कम्पनी पारिवारिक खालको दुई वटा इन्जिनियर, दुई वटा जेसिभी र दुई वटा टिपर राखेर बनाएको कम्पनीले राज्यको सार्वजनिक खर्च गर्न नसक्ने बताइन् । निर्माण व्यवसायी सरकारको खर्च गर्ने महत्वपूर्ण क्षेत्र भएको भन्दै निर्माण व्यवसायीहरुले काम गर्ने क्षमतालाई विकास गर्नु पर्ने आवश्यकता रहेको बताइन् ।

निर्माण कम्पनीको क्षमता विकास गर्नुपर्छ
मन्त्री झाँक्रीले निर्माण कम्पनीको क्षमता विकास गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्न सक्ने पर्ने बताइन् । उनले स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्ने कम्पनी बनाउनको लागि धेरै पुँजी भएको कम्पनी बनाउनु पर्ने तर्क राखिन् । उनले भनिन् ,‘ पारिवारिक खालका साना कम्पनीले सरकारको सार्वजनिक खर्च गर्न सक्दैनन्। त्यसैले निर्माण कम्पनीको क्षमता विकास गर्नु आवश्यक छ । निर्माण कम्पनीको क्षमता विकास भएमा मात्रै प्राविधिको विस्तार , पारर्दशिता र जवाफदेहिता हुन्छ। त्यसैले अब ढिलो चाँढो सार्वजनिक क्षेत्रमा काम गर्ने निर्माण कम्पनी अनिर्वाय रुपमा सार्वजनिक कम्पनीमा जानुपर्छ। सार्वजनिक कम्पनीमा जाँदा सरकारको करको पैसाबाट खर्च गर्ने कम्पनीको लाभांश सर्वसाधरण जनताले पनि पाउनु पर्छ। खाली निर्माण व्यवसायीहरुले बनाएको बाटो मात्रै हिड्ने होइन । सार्वजनिक कम्पनी हुँदा जनताले १० कित्ता भए पनि शेयर पाउँछन्। पूर्वाधार निर्माण कम्पनीको इज्जत र मर्यादा पनि रहन्छ। सबै विकास निर्माणका काम प्रति जवाफदेहिता र काम प्रति जनताको जिम्मेवारी दिने अवस्था सिर्जना हुन्छ। त्यसैले अब कम्पनीको अहिलेका विद्ययमान व्यवस्थाहरु पनि संरचना परिर्वतन गर्नुपर्छ।’

पुँजीगत खर्च गर्ने क्षेत्र नै निजी क्षेत्र
मन्त्री झाँक्रीले सरकारको विकास निर्माणको पुँजीगत खर्च गर्ने क्षेत्र नै निजी क्षेत्र भएको बताइन् । उनले पूर्वाधार क्षेत्रको खर्च गर्ने निर्माण व्यवसायी नै भएको बताइन् । मन्त्री झाँक्रीले नेपालीको विकास ,समृद्धिको आधार र अर्थतन्त्र चलायमान बनाउनको लागि निर्माण व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको बताइन् । उनले भनिन्,‘ सरकारको सार्वजनिक खर्च गर्ने र विकासशिल नेपाल बनाउन प्रमुख भूमिका रहने भएकाले निर्माण व्यवसायीलाई इज्जत चाँहिन्छ। त्यसैले सरकारले अहिले भएका कानुनलाई सरलिकृत गर्नु आवश्यक छ । योजना छनोट देखि कार्यान्वयनसम्मका योजना बनाउनु पर्छ । निर्माण ऐनलाई सामुहिक परिर्वतन गर्नुपर्छ ।अहिले विविध कारणले नियमावलीमा मात्रै संशोधन गरेका छौं । निर्माण क्षेत्रमा भएका सबै समस्या समाधान गर्न खरिद नियमावली संशोधन गर्न आवश्यक छ । सरकारले त्यसको तयारी गरिरहरको छ।’

निर्माण व्यवसायी महासंघले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा स्वदेशी निर्माण कम्पनीलाई संरक्षण गरौं, साना निर्माण व्यवसायीलाई कामको अवसर दिऔं,निर्माण व्यवसायी एकता जिन्दावाद, सार्वजनिक निर्माणका सबैको सरोकार लगायतका नारा लेखिएका भ्यानर प्रदर्शन गरिएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top