बीबीएलमा सन्दीपको उत्कृष्ट सुरुवात

२२ मंसिर, काठमाडौं ।

Advertisement

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले बिग बास लिग (बीबीएल)मा सानदार सुरुवात गरेका छन् । होबार्ट हरिकेन्सबाट बिग बास खेलेका सन्दीपले पहिलो खेलको आठौं ओभरको पहिलो बलमा सिड्नी सिक्सर्सविरुद्ध विकेट लिएका हुन्।

सन्दीपले सिड्नी सिक्सर्सका डान क्रिस्टियनलाई जोर्डन कक्सको हातबाट क्याच गराए। सन्दीपले आफ्नो पहिलो खेलमा ४ ओभरमा २४ रन खर्चेर एक विकेट लिए ।

Advertisement

सन् २०१८ मा बिगबास लिगमा डेब्यु गरेका सन्दीपले दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए। लामिछानेले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top