×

NEPAL TIMES UPDATES

Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026

एमसीसी कुनै पनि हालतमा पास गर्न दिँदैनाैँ : सिपी गजुरेल

२२ मंसिर २०७८

२२ मंसिर, काठमाडाैँ ।

मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताएका हुन्।

Advertisement
Advertisement

उनले एमसीसी सच्चा देशभक्त र विदेशी दलालको बारेमा पर्दाफास गर्ने रेखा हुने पनि बताए । उनले हरेक नागरिकहरुले अब देशभक्त भएर उभिने वा विदेशी दलालको साथ दिने भन्ने कुरा अत्मसाथ गर्नुपर्ने बेला आएको बताए । नेता गजुरेलले अहिले एमसीसीको कारण जनतामा आक्रोश पैदा भएको र जनताको आक्रोशलाई क्रान्तिमा बदल्नुपर्ने बताए । उनले एमसीसी भनेको अधिकांश नेपालीहरुले चाहेको विषय नभएकोले क्रान्तिकारी भएको नाताले यसमा हस्तक्षेप गर्नुपरेको पनि स्पष्ट पारे

नेता गजुरेलले भने, ‘शक्ति सन्तुलनमा पश्चगामी शक्ति हाबी भयो भने यो भन्दा पनि पश्चदमन पनि हुने हो कि । अहिले एउटा आशंका, चिन्ता मानिसहरुलाई त्यो पनि छ । अहिलेको शक्ति सन्तुलनमा क्रान्तिकारी, अग्रगामी शक्तिहरु ब्लियो भयो भने त्यो परिवर्तन अग्रगामी हुनसक्छ । अर्को नयाँ खालको, अगाडि बढ्ने खालको परिवर्तन हुनसक्छ, त्यसकारण हामी त्यसको निम्ति शतर्क र तयार रहनु आवश्यक छ । त्यो बिस्फोट हुनसक्ने सम्भावना छ । हामी क्रान्तिकारीको हैसियतले त्यसमा हस्तक्षेप गर्नुपर्ने हाम्रो कर्तव्य हो । त्योबाट हामी पछि हट्न सक्दैनौँ । यो जुन एउटा ध्रुविकरण भएको छ,जनआक्रोश छ, जनअसन्तोष छ । यो बिस्फोट भयो भने त्यसलाई क्रान्तिमा बदल्नलाई, क्रान्तिकारी आन्दोलनमा अघि बढ्नका लागि हरेक प्रकारका सम्भावनालाई प्रयोग गर्न जरुरी छ । अब हामी प्राक्टिसमा हेर्ने हो को देशभक्त, को विदेशी दलाल ? अब सबैलाई एउटा रेखा कोरिदिने भयो । किनभने जानेर, बुझेर कसैले पनि गद्दार हुँ भन्दैन । म अमेरिका, भारतको दलाल हुँ भनेर संसारमा कसैले पनि भन्दैन । तर सच्चा देशभक्त हो कि होइन अब टेस्ट हुँदैछ । कुन सुन, कुन पित्तल भन्ने कुराको कसी लाग्दैछ, ठूलो रेखा कोरिँदैछ । त्यसकारण ध्रुविकरण हुँदैछ । अब हरेक नागरिकले कुन किस्तामा उभिने भनेर आफ्नो परिचय दिनुपर्छ । यो अहिलेको आवश्यक्ता हो । त्यसकारण यो स्थिती अहिले राजनीतिमा अस्थिरता ल्याएको छ । एमसीसी देशको लागि एउटा ध्रुवीकरण हो । यो चाहेर आएको होइन । एमसीसीले ध्रुविकरण ल्याइदिएको छ, यो आशंका र असन्तोषलाई स्पष्ट पार्दै फेरि क्रान्तिकारी आन्दोलनद्वारा नै जनतलाई चेतना दिँदै अघि बढ्नुपर्छ । आँखा चिम्लिएर नभइ तथ्यबाट सत्य पत्ता लगाउने हाम्रो सिद्धान्त हो । यसलाई पास गर्न हामी दिँदैनौँ ।’

Advertisement

नेता गजुरेलले क्रान्तिकारी आन्दोलनबाट नै जनतालाई चेतना दिँदै अघि बढेर एमसीसी पास हुन नदिने बताए । उजले एमसीसीका कारण देशमा अस्थिरता पैदा भएको भन्दै शक्ति सन्तुलनमा पश्चागामी शक्ति हाबी भए पश्चागमन हुन सक्ने बताए ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top