सत्तारुढ गठबन्धनले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कानुन बन्न दिएनः ईश्वर पोखरेल

२२ मंसिर, काठमाडाैँ ।

Advertisement

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानुन बन्न नदिएको आरोप लगाएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका ् वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणका अपराधीहरुलाई कारवाही गर्नका लागि आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले ल्याएको अध्यादेश संसदबाट पारित गर्न नदिएको आरोप लगाएका हुन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू महिला विभागले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एसिड आक्रमणमा परेका पीडितहरुलाई न्याय दिने काममा समेत सरकारले कानुन बन्न नदिएर अवरोध सृजना गरिरहेको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले महिला हिंसा हुन नदिनका लागि विद्यार्थी संगठनहरुले सरकारलाई दवाव दिनुपर्ने आवश्यक्ता समेत औंल्याए ।

Advertisement

उनले महिला हिंसा अन्त्यका लागि राजनीतिक अभियाननै संचालन गर्नुपर्ने भन्दै त्यसका लागि अनेरास्ववियूले सामाजिक जागरण अभियान संचालन गर्नुपर्ने बताए । वरिष्ठ नेता पोखरेलले भने, ‘एउटै मात्रै म दृष्टान्त दिन्छु–एसिड आक्रमण गर्नेहरुमाथि सजाय गर्नुपर्छ भनेर त्यो एउटा गम्भिर अपराधको रुपमा लिनुपर्छ र दण्डित गर्नुपर्छ भनेर हामीले संसद नचलेको बेला अध्यादेश ल्यायौं । अनि यो गठबन्धनकारीहरुले के ग¥योभन्दा त्यो अध्यादेशलाई प्रस्तुत गर्न समेत दिएन । जसले गर्दा यो एसिड आक्रमणमा परेका पीडितहरुको न्याय पाउने कुरालाई कसरी अवरोध सृजना गरियो । यो त एउटा दृष्टान्त मात्रै हो । यस्ता धेरै कुरा छन नि । त्यसकारणले मैले यहाँहरुलाई के भन्न चाहुन्छु भने–अनेरास्ववियूले यो काम गरिरहँदा मेरो हार्दिक आग्रह छ–यसलाई सामाजिक, राजनीतिक अभियानको रुपमा अघि बढाउनु पर्छ । त्यसका लागि सरकारलाई दवाव दिन सक्नुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको राजनीतिक परिवर्तनलाई जोगाउन पनि सामाजिक जागरणको अभियानलाई तीव्रता दिएर समाजबादको आधार निर्माण गर्न केन्द्रित हुनुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top