मोरङ मुस्लिम समाजका प्रवत्ता आलम सम्मानित

२६ साउन ७५, आइतबार

विराटनगर,साउन २७
गत बर्ष गएको बाढीमा परी भएका बाढीपिडितहरुलाई राहत बाँड्न उल्लेखनिय भुमिका खेलेका मोरङ मुस्लिम समाजका प्रवत्ता ओसिम आलमलाई सम्मान गरिएको छ ।युवा सञ्जालद्धारा विराटनगरको बिरेन्द्र सभागृहमा शनिबार आयोजना गरिएको कार्यक्रममा प्रदेश नम्बर १ का वन,उद्योग तथा पर्यटन मन्त्री जगदीश प्रसाद कुसियतले आलमलाई सम्मान पत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री कुसियतले युवा नै देश विकासको आधारस्तम्भ भएकोले प्रदेश सरकारले युवालाई केन्द्र भागमा राखेर विकासका कार्यक्रम तय गर्ने बताए ।युवा दिवसको अवसर पारी गरिएको कार्यक्रममा मोरङका जागरुक युवाहरुकोे सहभागिता रहेको कार्यक्रम संयोजक भुषण पोमोले जानकारी दिए ।

Advertisement

गत बर्ष अविरल वर्षा पछिको बाढीले मोरङका सयौँ घर डुबानमा परेका थिए । बाढी पिडितहरुलाई मोरङ मुस्लिम समाजको सक्रियतामा मोेरङका सबै क्षेत्रमा पुगि राहत वितरणका कार्यक्रमहरु गरिएको थियो ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top