कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणमा प्रदेश १ मा कस्तो तयारी ?

२२ मंसिर, विराटनगर ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को राम्रो तयारी भईरहेको बताएका छन् । उनले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो भईरहेको बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार विराटनगरमा आयोजना गरेको शिक्षा,स्वास्थ्य, खाध्य तथा आवास अधिकारका सवालमा सरोकारवालावीच गरिएको प्रदेश स्तरिय अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले सो जानकारी दिएका हुन् । १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिईसकिएको उनले बताए ।

प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पनि वेडहरु थप गरिएको उनले बताए । मन्त्री यादवले भने ,‘ कोभिड अस्पतालमा करिव २ सयको संख्यामा वेडहरु तयारी अवस्थामा छ ।’

अक्सिजन, भेन्टिलेटर वेडहरु पनि थप गरिएको उनले बताए । प्रदेश सरकार कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि सजग रहेको मन्त्री यादवको भनाई छ । कोरोना संक्रमण हुन नदिनका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन उनले आग्रह गरे । साहस नै रोगको उपचार भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाए कोरोनाबाट डराउनु नपर्ने मन्त्री यादवको भनाई छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top