राप्रपाको निर्वाचित केन्द्रीय कार्य समितिको निर्णयहरु यस्ता छन्

Share this
748shares

२२ मंसिर, काठमाडाैँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको नवनिर्वाचित केन्द्रिय कार्य समितिको पहिलो बैठकले महामन्त्री भुवन पाठकको संयोजकत्वमा सो समिति गठन गर्ने निर्णय गरेको हो ।

Advertisement

आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सो समिति गठन गरिएको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । बैठकले समान विधारधारा भएका व्यक्ति, पार्टी, धार्मिक संघ, संस्थासँग एकता र सहकार्यका लागि वार्ता गर्न अर्का महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति समेत गठन गरेको छ । त्यसैगरी राप्रपाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष धु्रवबहादुर प्रधान नेतृत्वको समिति गठन गरेको छ । अध्यक्ष लिङदेनले पार्टीका सबै भातृ संगठनहरुलाई १५ दिन भित्र ३ महिना भित्र अनिवार्य रुपमा आफ्नो महाधिवेशन सम्पन्न हुनेगरी कार्ययोजना तथा कार्यतालिका तय गरी पार्टीमा बुझाउन पनि निर्देशन दिइएको बताए ।

पुस महिना भित्र विस्तारित बैठक बोलाउन सबै प्रदेश समितिलाई निर्देशन दिने, राप्रपा छोडी निष्क्रिय भएका, विभिन्न पार्टीमा गएर भूमिकाविहीन भएकाहरुलाई पनि पार्टीका फर्की सक्रिय हुन पनि बैठकले आह्वान गरेको राप्रपाले जनाएको छ । त्यसैगरी बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने पार्टीका नेता, कार्यकर्तालगायतका सबैप्रति पनि आभार व्यक्त गरेको छ । बैठकमा अध्यक्ष लिङदेनले महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशा र लक्ष्य प्राप्तीका लागि क्रियाशील हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top