×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

सहमहामन्त्रीको आठ पद, ३३ आकांक्षी

२३ मंसिर २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनले १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय कार्यसमिति निर्वाचनमार्फत चयन गर्दै छ । विधानअनुसार कुल १ सय ६७ सदस्यीय केन्द्रीय समिति हुने भए पनि बाँकी भने मनोनीत हुने व्यवस्था विधानमा छ ।

कांग्रेसको यो महाधिवेशनलाई संघीय संरचनाअनुसारको नेतृत्व चयनका हिसाबबाट पनि महत्वपूर्ण रूपमा हेरिएको छ । कांग्रेस विधानमा एक निर्वाचित सभापति, दुई जना निर्वाचित उपसभापति, सोही संख्यामा निर्वाचित महामन्त्री र संविधानले व्यवस्था गरेको क्लस्टरअनुसार आठ जना सहमहामन्त्री निर्वाचनमार्फत पदाधिकारीमा चयन हुनेछन् ।

Advertisement
Advertisement

कांग्रेस विधानअनुसार सभापति बन्न कम्तीमा १५ वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको र केन्द्रीय महाधिवेशन प्रतिनिधि भएको हुनुपर्छ । यस्तै, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि १० वर्ष निरन्तर क्रियाशील सदस्य रहेको र महाधिवेशन प्रतिनिधि भएको हुनुपर्छ ।

कांग्रेस विधानमा भएको व्यवस्थाअनुसार अब बन्ने केन्द्रीय समितिमा सहमहामन्त्री आठ जना हुनेछन् । महिला महाधिवेशन प्रतिनिधिमध्येबाट एक, आदिवासी जनजाति महाधिवेशन प्रतिनिधिमध्येबाट एक, दलितबाट एक, मधेसीबाट एक, खसआर्यबाट एक, थारुबाट एक, मुस्लिमबाट एक र पिछडिएको क्षेत्रबाट एक जना गरी कांग्रेस केन्द्रीय समितिमा आठ जना सहमहामन्त्रीको व्यवस्था विधानमा छ ।

संविधानले तोकेका यी विभिन्न क्लस्टरअनुसार कांग्रेस सहमहामन्त्रीका लागि अहिलेसम्म ३३ जनाले आकांक्षा देखाएका छन् ।

सहमहामन्त्रीमा इच्छा राख्नेमा महिला कोटातर्फ कांग्रेसको संस्थापन समूहतर्फबाट चित्रलेखा यादव, पुष्पा भुषाल, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, महालक्ष्मी उपाध्याय डीना छन् । संस्थापन इतर समूहबाट सरिता प्रसाईं र कमला पन्तको इच्छा छ ।

यसैगरी, आदिवासी जनजातितर्फ एक पदका लागि संस्थापन समूहबाट सीता गुरुङ र भीष्मराज आङ्दम्बेले इच्छा देखाएका छन् भने इतर समूहबाट धनराज गुरुङ र विकास लामा अघि बढेका छन् ।

यस्तै, दलिततर्फ एक पदमा संस्थापन समूहबाट मीनबहादुर विश्वकर्मा र मानबहादुर विश्वकर्मा तथा इतरबाट जीवन परियार अघि सरेका छन् ।

यसैगरी, मधेसीतर्फबाट संस्थापनबाट जीतेन्द्र देव, अजय चौरासिया र महेन्द्र यादव तथा इतरबाट रञ्जित कर्ण र रामकृष्ण यादवको चर्चा छ । यसअघि चर्चामा रहेका अमरेशकुमार सिंह भने सर्लाहीबाट महाधिवेशन प्रतिनिधिमा नै पराजित भइसकेका छन् ।

यस्तै खस आर्यतर्फ एक सहमहामन्त्री पदका लागि संस्थापन समूहबाट रमेश रिजाल, मोहनबहादुर बस्नेत, किशोर सिंह राठौरले लबिङ थालेका छन् भने इतर समूहबाट दिलेन्द्रप्रसाद बडु र दीपक गिरीको चर्चा छ । बडु हाल सरकारमा कानुन मन्त्रीसमेत छन् । यस्तै, शिवप्रसाद हुमागाईंले पनि दाबी गरिरहेका छन् । उनी कांग्रेसभित्र कृष्णप्रसाद सिटौला समूहमा छन् ।

यसैगरी, थारु क्लस्टरतर्फ एक सहमहामन्त्री पदका लागि संस्थापन समूहबाट योगेन्द्र चौधरी र रामजनम चौधरी तथा इतरतर्फबाट उमाकान्त चौधरी र तेजुलाल चौधरीको चर्चा छ । उमाकान्त कृष्णप्रसाद सिटौलानिकट हुन् । उनी हाल सरकारमा खानेपानी मन्त्रीसमेत छन् ।

यस्तै, मुस्लिम कोटातर्फबाट संस्थापन समूहबाट फरमुल्लाह मन्सुर अघि बढेका छन् भने संस्थापन समूहमा नै रहेका अतहर कमाल मुसलमानलाई इतर समूहले उम्मेदवार बनाउन चाहेको छ ।

Advertisement

यसैगरी, पिछडिएको क्षेत्रबाट एक पदका लागि संस्थापन समूहबाट जीवनबहादुर शाही अघि बढेका छन् भने इतर समूहबाट बद्री पाण्डेले उम्मेदवारी घोषणा गरिसकेका छन् ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top