२३ मंसिर, काठमाडौँ ।
नेपाली काँग्रेसको सह महामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन्।
नेता विश्वकर्माले आज पत्रकार सम्मेलन गरी समावेशी (दलिततर्फ) सह महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेता विश्वकर्माले काँग्रेसले स्थापनाकालदेखि नै समावेशितालाई जोड दिएको उल्लेख गर्दै दलित समुदायको हकहित र अधिकारका लागि पार्टीमा आफूले सह महामन्त्री पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए । “सबै उम्मेदवारको टुङ्गो लाग्न अझै समय लाग्न सक्छ, मैले अहिले आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ”, उनले भने ।
विश्वकर्मा काँग्रेसको १२औँ र १३औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य एवं पूर्व मन्त्रीसमेत हुन् । काँग्रेसको १४औँ महाधिवेशन शुक्रवारदेखि काठमाडौँमा सुरु हुँदैछ । रासस