कांग्रेस सह-महामन्त्रीमा विश्वकर्माको उम्मेदवारी घोषणा

२२ मंसिर ७८, बिहीबार

२३ मंसिर, काठमाडौँ ।

नेपाली काँग्रेसको सह महामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन्।

नेता विश्वकर्माले आज पत्रकार सम्मेलन गरी समावेशी (दलिततर्फ) सह महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेता विश्वकर्माले काँग्रेसले स्थापनाकालदेखि नै समावेशितालाई जोड दिएको उल्लेख गर्दै दलित समुदायको हकहित र अधिकारका लागि पार्टीमा आफूले सह महामन्त्री पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए । “सबै उम्मेदवारको टुङ्गो लाग्न अझै समय लाग्न सक्छ, मैले अहिले आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ”, उनले भने ।

विश्वकर्मा काँग्रेसको १२औँ र १३औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य एवं पूर्व मन्त्रीसमेत हुन् । काँग्रेसको १४औँ महाधिवेशन शुक्रवारदेखि काठमाडौँमा सुरु हुँदैछ । रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top