बेलायती प्रधानमन्त्री बोरिसलाई पुत्री लाभ

२३ मंसिर, एजेन्सी ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्री लाभ भएको छ। जोनसनकी श्रीमती क्यारिले बिहीबार बिहान लण्डन अस्पतालमा दोस्रो सन्तानका रुपमा छोरी जन्माएकी हुन् । क्यारिले यसअघि सन् २०२० अप्रिलमा बिहेपूर्व पहिलो छोरी जन्माएकी थिइन् ।

प्रधानमन्त्री बोरिस दम्पतीले आफूहरुले स्वस्थ्य बच्चा पाएको बताएका छन् । हाल प्रधानमन्त्री बोरिसकी श्रीमतीको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सकहरुले बताइएका छन् ।

बेलायतको प्रधानमन्त्री निवासको कार्यालयभित्र खुलेआम लिभिङ टुगेदरमा बस्ने बोरिस दम्पत्ति पहिलो अविवाहित जोडि हुन् । ५७ वर्षीय प्रधानमन्त्री बोरिस र ३३ वर्षीया क्यारि सन् २०२१ मेमा विवाह बन्धनमा बाँधिएका थिए ।

बोरिस क्यारिका पहिलो श्रीमान हुन् भने क्यारि बोरिसकी तेस्रो श्रीमती हुन् । बोरिसले अघिल्ला श्रीमतीबाट पाँच सन्तान पाएको जनाइएकाे छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top