कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा पुगे रामचन्द्र पौडेल

कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा पुगे रामचन्द्र पौडेल

२४ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन उदघाटन समारोहस्थलमा शीर्ष नेताहरु पुग्नेक्रम जारी छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मञ्चमा पुगेलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मञ्चमा पुगेका हुन् ।

सभापतिको उम्मेदवारमा दाबी गर्दै आएका पौडेलले आफ्नो नाममा सहमती नजुटेपछि महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने अड्डी लिएका थिए । उनलाई फकाउन नेताहरु आज बिहान पनि पौडेल निवास पुगेका थिए ।

 महाधिवेशन उदघाटन समारोह औपचारिक रुपमा सुरु हुनुअघि अहिले मञ्चमा सांस्कृतिक कार्यक्रम भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.