२४ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन उदघाटन समारोहस्थलमा शीर्ष नेताहरु पुग्नेक्रम जारी छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मञ्चमा पुगेलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मञ्चमा पुगेका हुन् ।
सभापतिको उम्मेदवारमा दाबी गर्दै आएका पौडेलले आफ्नो नाममा सहमती नजुटेपछि महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने अड्डी लिएका थिए । उनलाई फकाउन नेताहरु आज बिहान पनि पौडेल निवास पुगेका थिए ।
महाधिवेशन उदघाटन समारोह औपचारिक रुपमा सुरु हुनुअघि अहिले मञ्चमा सांस्कृतिक कार्यक्रम भइरहेको छ ।