अख्तियार प्रमुख राई इजिप्ट जाँदै

अख्तियार प्रमुख राई इजिप्ट जाँदै

२४ मंसिर, काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई शुक्रवार विदेश भ्रमणमा जाँदैछन्। भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन–२०२१ मा सहभागी हुन राई इजिप्ट जान लागेका हुन् ।

प्रमुख आयुक्तसँगै अख्तियारका सचिव तोयम राया पनि सम्मेलनमा सहभागी हुन शुक्रवार दिउँसो त्यसतर्फ प्रस्थान गर्ने जनाइएकाे छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन सोमबारबाट इजिप्टमा शुरु हुँदैछ। सो सम्मेलनमा विश्वभरबाट भ्रष्टाचार नियन्त्रण गर्ने निकायका प्रमुखहरु सहभागी हुनेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.