सीपी मैनालीको कांग्रेसलाई प्रश्न- व्यवस्था परिवर्तन भो तर अवस्था किन परिवर्तन भएन् ?

२४ मंसिर, काठमाडौं ।

नेकपा मालेका महासचिव सिपी मैनालीले संघीयताले देश अप्ठ्यारोमा परेको टिप्पणी गरेका छन्। शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मैनालीले संघीयताका कारण देश अप्ठेरोमा परेको टिप्पणी गरेका हुन्।

मैनालीले संघीयताले धेरै खर्च बढाएको बताए। मैनालीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताएका छन्। उनले भने, ‘व्यवस्था परिवर्तन गरियो, अवस्था परिवर्तन भएन। परिवर्तन ल्याउयौं तर, अवाञ्छित बाह्य हस्तक्षेप र प्रभाव देखा पर्दै आयो।’

Advertisement

उनले नेपालले विदेशी असंलग्नताको नीति थप परिमार्जित गर्नुपरेको बताए। ‘लोकतन्त्रको लागि लड्दै आएको कांग्रेसको ध्यान असंलग्न राष्ट्रतिर जाओस्।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top