कांग्रेस महाधिवेशनमा गएर राजेन्द्र लिङ्देनले भने- राजसंस्था ल्याउनुपर्छ

२४ मंसिर, काठमाडौं ।

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति र नेताहरुप्रति जनताको सम्मान बढाउने गरि काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिने क्रममा अध्यक्ष लिङ्देनले अहिले सरकार सरकारजस्तो नभएको, संसद् संसद्जस्तो नभएको र अदालत अदालतजस्तो नभएको पनि टिप्पणी गरे ।

उनले यी सबैलाई राजनीतिले ठीक लगाउने बताए । उनले आज नेताहरुप्रति जनताको विश्वास मरेको अवस्था रहेको सुनाए । २०४७ सालपछि देशमा बनेका कुनैपनि सरकारले पूरा कार्यकाल पूरा गर्न नसकेको सुनाए ।

Advertisement

उनले अहिले विद्यमान रहेका सबै दल ठीक ठाउँमा बसे सबै सुधार गर्न सकिने बताए । लिङ्देनले आफ्नो गाउँघरतिर जनताले नेतालाई नेता नभनेर ‘कुन चाहिँ चोर’ भन्ने गरेको सुनाए।

‘कुनै एउटा गाउँमा म वा अन्य कोही नेता पुग्नुभयो भने पार्टीका कार्यकर्तालाई नेता आए भनेर आम जनता बोलाउन जानुपर्ने अवस्था छ,’ उनले भने ‘यसरी बोलाउँदा जनताले नेता आएछ भनेर हैन, कुन चाहिँ चोर आएछ भनेर भन्ने गरेका छन्।’

Advertisement

उनले अब राष्ट्र प्रमुखको रुपमा राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद् र संसद्ले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागु गरेर जानुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top