नेता गाउँमा जाँदा कुन ‘चोर’ आयो भन्न थालिसके : राजेन्द्र लिङ्देन

नेता गाउँमा जाँदा कुन ‘चोर’ आयो भन्न थालिसके : राजेन्द्र लिङ्देन

२४ मंसिर, काठमाडौँ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सबै राजनीतिक दलहरूले विश्वास गुमाएको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै नेताहरूप्रति अहिले जनताको विश्वास गुमेको उदाहरण दिए । उनले भने– ‘हाम्रो गाउँ घरतिर पार्टीको कार्यकर्ताले नेता आउँदा र छिमेकलाई आमन्त्रण गर्न जान्छ । तर नेताको नाम सम्झिदैनन् कुन चाँहि चोर आएछ आज भन्छन् । हाम्रो अवस्था यस्तो छ ।’

उनले राजनीतिक आम जनताको दृष्टिकोणबाट हेर्दा लिक बाहिर गएको उल्लेख गरे । उनले भने, ‘म यतिबेला सबै राजनीतिक दलहरुलाई आग्रह गर्न चाहन्छु । देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ । सरकार सरकार जस्तो छैन, संसद् संसद्‌ जस्तो छैन, अदालत अदालत जस्तो छैन । यो सबलाई ठीक लगाउने कसले ? यसलाई ठीक लगाउने राजनीति हो । तर राजनीति ठीक छैन । यो राजनीति ठीक लगाउने नेताहरूले हो । तर नेताहरूले पूर्ण रुपमा विश्वास गुमाएको अवस्था छ ।’

उनले महाधिवेशन एउटा औपचारिकता र वैधानिक पूरा गर्नेभन्दा पनि नेतृत्वको बिग्रेको छवि सुधार्ने अवसरको रुपमा लिनुपर्ने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.