२४ मंसिर, काठमाडौँ ।
नेकपा फुटेपछि पहिलोपटक कांग्रेसको महाधिवशेनको मञ्चमा एकैसाथ देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भलाकुसारी भएकाे छ ।
महाधिवेशनकाे उद्घाटनमा केही ढिलो गरी पुगेका ओलीलाई शेरबहादुर देउवाले मात्रै स्वागत गर्दै नमस्ते गरेका थिए । तर, दाहालले भाषण सकाएर पोडियमबाट फर्किएपछि भने ओलीले मुस्काउँदै केही ‘कमेन्ट’ गरेका थिए । त्यसपछि भने दुई नेताहरुबीच ‘क्रस टक’ भएको थियो ।
साे क्रममा उनीहरुबीच हार्दिकतापूर्ण मुस्कान साटासाटको रोचक दृश्य देखिन्छ । प्रचण्डले कार्यक्रमबाट बिदा हुँदै गर्दा पनि देउवालाई नमस्कार फर्काए । जानै लागेका प्रचण्डलाई ओलीले पनि हात उठाउँदै नमस्कार गरे । लगत्तै प्रचण्डले पनि जवाफमा हात फर्काए । माधव नेपालले भने पहिले नै मञ्च छोडिसकेका थिए ।