धर्म निरपेक्षता शब्द ठीक होइन : शशांक कोइराला

धर्म निरपेक्षता शब्द ठीक होइन : शशांक कोइराला

२४ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्म निरपेक्षता शब्द ठीक नभएको बताएका छन् । काँग्रेसको १४औं महाधिवेशन उदघाटनमा बोल्दै  महामन्त्री कोइरालाले  संविधानमा त्रुटी रहेको भन्दै परिवर्तन गर्दै जानुपर्ने बताए ।

 उनले भने, ‘मेरो व्यक्तिगत धारणा भन्न चाहन्छु, धर्म निरपेक्षता शब्द ठीक होइन । धर्म निरपेक्ष हुँदैन, न सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’ महाधिवेशन नयाँ तागत दिन गर्ने भएपनि पछिल्लो समय नेतृत्वबारे मात्र कुरा हुने गरेको उनले गुनासो गरे ।

कोइरालाले धर्मको मुद्दा पार्टीको महाधिवेशनमा उठाउनुलाई अर्थपूर्ण मानिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.