पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

२४ मंसिर, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि पाँच देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए। उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

नाइजेरियाका राजदूत अहमद शूले, इथोयोपियाका राजदूत तिजिता मुलुगेता इमान, रुवाण्डाका राजदूत ज्याकुलिन मुकनगिरा, लक्जमबर्गका राजदूत पेग्गी फ्रन्टजेन र स्लोभेनियाका राजदूत मतेजा घोषले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.