सकेसम्म निर्विरोध नेतृत्व चयन गरौं : निधी

सकेसम्म निर्विरोध नेतृत्व चयन गरौं : निधी

२४ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्विरोध नेतृत्व चयनमा जोड दिएका छन् ।

१४औं महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सर्वसम्मतबाट नेतृत्व चयनको प्रयास सम्भव नभए लोकतान्त्रिक विधिमा प्रतिष्पर्धा गरेर नेतृत्व छान्नु पर्ने बताए।

‘सकिन्छ भने सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नु राम्रो हो, नभए एउटा प्रतिस्पर्धी म पनि हुँ, मैत्रीपूर्ण प्रतिस्पर्धा गरेर सबल नेतृत्व निस्क्यौं,’ उनले भने, ‘लोकतन्त्रमा विश्वास गर्ने पार्टी नेपालमा एकमात्रै हो, त्यो भनेको कांग्रेसमात्रै हो ।’

निधिले १४ औं महाधिवेशनले युवालाई पार्टीको नेतृत्वमा पुर्‍याउने बताए । ‘युवा पुस्तालाई देशको राजनीतिमा प्रक्रियामा सहभागिता गराउनुपर्ने छ । त्यो भनेको झोला बोक्नेमात्रै होइन, नेतृत्व विकासका लागि सहजताको भूमिका खेल्ने हो,’ उनले भने, ‘१४ औं महाधिवेशनले यो कार्यभार पूरा गर्नुपर्छ भन्ने लागेको छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.