×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

म प्रधानमन्त्री बन्ने वित्तिकै मुलुक भयमुक्त भयो : देउवा

२४ मंसिर २०७८

२४ मंसिर, काठमाडाैँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः एक पटक काँग्रेसको सभापति बनाउन पार्टी महाधिवेशनका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले केपी ओलीजस्ता शासकको डरत्रासबाट मुलुकलाई मुक्त बनाउँदै आगामी निर्वाचनमा काँग्रेसको सरकार बनाउन पनि सबै महाधिवेशन प्रतिनिधिहरुले आफूलाई सभापति बनाउनुपर्ने तर्क समेत गरे ।

Advertisement
Advertisement

शुक्रबार काठमाडौंमा आयोजित पार्टीको १४ औं महाधिवेशनमा बोल्दै उनले आफू प्रधानमन्त्री बन्ने वित्तिकै मुलुक भएमुक्त भएको उल्लेख गर्दै त्यसलाई बचाउन पनि महाधिवेशनले आफूलाई पुनः सभापतिमा विजयी बनाउनुपर्ने बताए । मुलुकमा अव कुनै पनि किसिमको तानाशाही सरकार नआओस् भन्नका लागि पनि आफू नेतृत्वको कांग्रेस सरकारलाई निरन्तरता दिने गरी कांग्रेस महाधिवेशनले आवश्यक निर्णय गर्नुपर्ने उनले बताए । उनले भने, ‘एउटा कुरा स्पष्ट भन्न चाहन्छु भने–जुन दिन मेरो सरकार बन्यो । त्यो भन्दा अगाडिको दिन हेर्नुस । कस्तो थियो–डर त्रास । देशभरी कस्तो अवस्था थियो ? र म प्रधानमन्त्री भएको भोलीपल्टै सारा मानिसहरुलाई मुक्ति पाएजस्तो भयो । साना मानिसहरुले ओलीको शासनबाट मुुक्ति पाए । त्यस्तो अवस्था थियो । त्यस्तो अवस्थाबाट अव हाम्रो अगाडि त्यो मुक्ति जो पाएका छौं–त्यसलाई बचाउने हो कि नबचाउने हो ? बचाउने हो । त्यसका लागि यो महाधिवेशनले तय गर्छ । यो महाधिवेशनले डर, त्रासबाट मुक्त समाज, फेरी अव कुनै पनि तानाशाही सरकार नआओस् भन्नका लागि महाधिवेशनले निर्णय गर्नुपर्छ । निर्णय गरेको खण्डमा आउँदो सरकार काँग्रेसको हुन्छ । गाउँदेखि माथिसम्म । त्यो मेरो जिम्मा भयो ।’

कांग्रेसको आन्तरिक प्रतिस्पर्धाले आगामी निर्वाचनमा असर नपरोस्
प्रधानमन्त्री देउवाले कांग्रेसको आन्तरिक निर्वाचनको प्रतिस्पर्धाले आगामी निर्वाचनमा असर पर्न नदिन पनि सचेत हुन महाधिवेशनका सबै प्रतिनिधिहरुलाई अनुरोध गरे । उनले आगामी निर्वाचनपछि पनि काँग्रेसले नै सरकार बनाउने गरी पार्टीका साथीहरु मिलेर अघि बढनुपर्ने आवश्यक्ता औंल्याए ।

उनले भने, ‘त्यसकारण साथीहरु, मैले धेरै भन्ने कुरा छैन । त्यसकारण चाँही देशभरी जो तपाईहरु अधिवेशनमा आउनु भएको छ । कही सहमतिले आउनु भयो होला । कहीँ प्रतिस्पर्धा पनि भयो होला । तर प्रतिस्पर्धाबाट कुनै पनि किसिमको मनमुटाव, मनोमालिन्यताबाट मुक्त हुनुपर्ने अवस्था छ । किनभने भोली स्थानीय तहको चुनाव आउँछ । माथिको तहको चुनाव आउँछ । यो अहिलेको हाम्रो आन्तरिक निर्वाचनले नै हाम्रो स्थानीय निर्वाचनमा, फेरी आउने राष्ट्रिय निर्वाचनमा कुनै किसिमको समस्या नआओस् भन्नका लागि हामीले अहिले देखिनै हामीले सबै साथीभाईहरुलाई मिलेर अगाडि बढाउनुछ । र यसका लागि म के भन्न चाहन्छु भने–काँग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार काँग्रेसको हुनेछ । काँग्रेसको सरकार रहिरह्यो भने राष्ट्रिय सरकार काँग्रेसको हुनेछ । त्यसका लागि एक पटक मलाई जिताई दिनुहोस् । म कुनै पनि हालतमा यो डरत्रास मुक्त शासन ल्याएर छाडिन्छ । नेपालमा डरत्रासमुक्त शासन ल्याईन्छ । ओलीजस्ता कुनै पनि डरत्रासको शासनबाट मुक्त गरेर डर त्रासबाट मुक्त शासन बनाएर नेपालमा काँग्रेसको सरकार बनाउछु, बनाउछु, बनाउछु, तपाईहरु मलाई साथ दिनुहोस् ।’

Advertisement

सभापति देउवाले महाधिवेशनमा हुने प्रतिस्पर्धाले पार्टीका साथीहरुबीच मनमुटावको स्थिति आए त्यसले आगामी निर्वाचनमा नकारात्मक असर पार्ने पनि स्पष्ट पारे ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top