आर्मीले च्यासललाई हरायाे

आर्मीले च्यासललाई हरायाे

२४ मंसिर, काठमाडौं ।

कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबले दोस्रो जित निकालेको छ । फरवार्ड जर्जप्रिन्स कार्की र मिडफिल्डर जगजित श्रेष्ठको गोलमा आर्मीले च्यासल युथ क्लबलाई २–० ले पराजित गरेकाे हाे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको १९औं मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका हुन् । सन्तोष तामाङले मिलाइदिएको पासमा टंक बस्नेतले गरेको क्रसलाई हेडमार्फत जाली चुमाएका हुन् ।

 ३६औं मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । गोलरक्षक अर्पण कार्कीले हतारिएर रिलिज गरेको बललाई गौतम श्रेष्ठले नियन्त्रणमा लिदै दिएको क्रसलाई अनमार्क रहेका जगजितले वान टचमा सुन्दर गोल गर्न सफल भएका थिए ।

जगजित आर्मीका चौथो खेल खेल्दा लागि पहिलो गोल गरेका हुन् । अष्ट्रेलिया बस्दै आएका जगजित लिग खेल्नकै लागि स्वदेश फर्किएका हुन् । खेलको अन्त्यतिर च्यासलले बल पोसेसन राख्दै दवाव बढाएपनि फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो ।

जितसँगै आर्मीले शीर्षस्थानको मनाङलाई पछ्याउँदै दोस्रो स्थानमा उक्लिएको छ । आर्मीको ४ खेलबाट ८ अंक पुगेको छ । शीर्षस्थानको मनाङको ४ खेलबाट १० अंक छ । एक खेल कम खेलेको सातदोबाटो ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । दोस्रो हार बेहोरेको च्यासल ४ अंक जोडेर नवौं स्थानमा यथावत रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.